मङ्गल, ०३ चैत २०८२

रूखबाट खसेर नौ वर्षीया बालिकाको मृत्यु

Main News Image

बाजुरा, १३ असार: बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रूखबाट खसेर गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाउलाकी आइते रावतकी नौ वर्षीया छोरी प्रिन्सा रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार शनिबार घरनजिकैको बारीमा रहेको तिमिलाको रूखमा घाँस काट्ने क्रममा उनी लडेर गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि अछामस्थित बयालपाटा अस्पताल लगिएकी उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

लिचिबारी भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गुप्तासँग सर्वोच्चद्वारा ५० लाख धरौटी माग

दक्षिण एसियामा वन क्षेत्रको उपलब्धतामा नेपाल दोस्रो, बढ्दै छ हरियाली

खगेन्द्रलाई तोकियो पचास हजार धरौटी!

मिडियाबाजी डटकम काठमाडौँ कात्तिक १३ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ ।

अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिह...

अबको हप्ता मनसुन सक्रिय हुने, सोमबारपछि देशभर वर्षा हुने

काठमाडौं, असार १३: हाल कमजोर रहेको मनसुन अबको हप्तादेखि उल्लेखनीय रूपमा सक्रिय हुने र देशका अधिकांश क्षेत्रमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले पनि केही...

सुरक्षा चुनौतीको सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुको विकल्प छैन : महानिरीक्षक खापुङ

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतीको...

विवाद चर्किएपछि एमालेले फिर्ता गर्‍यो मीनबहादुरको जग्गा प्रस्ताव

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरूङ बाट प्राप्त जग्गा सहयोगको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने तयारी गरेको छ। सोमबार बसेको सचिवालय...