मङ्गल, ०३ चैत २०८२

अर्जेन्टिना अपराजित लयमा : जोर्डनलाई ३–१ ले हराउँदै नकआउट चरणमा प्रवेश

Main News Image

उत्तर अमेरिकामा जारी विश्वकपमा अर्जेन्टिनाले शनिबार जोर्डनविरुद्ध ३–१ को सानदार जित निकाल्दै अन्तिम ३२ (नकआउट चरण) मा स्थान सुरक्षित गरेको छ। यससँगै अब अर्जेन्टिनाले नकआउट चरणमा केप भर्डेसँग प्रतिस्पर्धा गर्नेछ।

खेलको सुरुआती समयमा बेञ्चमा रहेका अर्जेन्टिनाका सुपरस्टार लियोनेल मेस्सी मैदानमा प्रवेश गरेपछि निर्णायक प्रभाव पार्दै गोल गर्न सफल हुनुभएको छ। उक्त गोलसँगै उहाँ यस विश्वकपमा हालसम्म सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्नुभएको छ।

समूह ‘जे’ मा अर्जेन्टिनाले लगातार उत्कृष्ट प्रदर्शन गर्दै ९ अंकसहित शीर्ष स्थान हासिल गरेको हो। यसअघि अर्जेन्टिनाले अल्जेरियालाई ३–० र अस्ट्रियालाई २–० ले पराजित गरेको थियो, जसमा ती खेलहरूमा पनि मेस्सीको महत्वपूर्ण योगदान रहेको थियो।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको टोली कमजोर समूहमा भए पनि निकै सन्तुलित र आक्रामक देखिएको छ। ३९ वर्षीय मेस्सीको नेतृत्वमा टोलीले अनुभव र रणनीतिक कुशलता दुवैलाई उत्कृष्ट रूपमा प्रयोग गरिरहेको छ।

जोर्डनविरुद्धको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै प्रभावशाली प्रदर्शन गर्दै जोभानी लो सेल्सोको फ्रिकिक र लाउतारो मार्टिनेजको पेनाल्टीमार्फत दुई गोल गरेको थियो। दोस्रो हाफ सुरु भएको १० मिनेटपछि मुसा अल–तमारीले जोर्डनका लागि एक गोल फर्काए पनि खेलमा फर्किन पर्याप्त हुन सकेन।

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले यस खेलमा नौ खेलाडी परिवर्तन गर्दै नयाँ संयोजन परीक्षण गरेका थिए। अस्ट्रियाविरुद्धको जितपछि मात्र गोलकिपर इमिलियानो मार्टिनेज र फरवार्ड लाउतारो मार्टिनेजलाई पहिलो रोजाइमा समावेश गरिएको थियो।

जोर्डन भने अल्जेरिया र अस्ट्रियासँग लगातार पराजित हुँदै पहिल्यै प्रतियोगिताबाट बाहिरिसकेको थियो, जसले गर्दा यो खेल उनीहरूका लागि औपचारिकता मात्र बनेको थियो।

अब अर्जेन्टिना नकआउट चरणतर्फ अघि बढ्दै केप भर्डेविरुद्धको खेलमा आफ्नो अपराजित लयलाई निरन्तरता दिने लक्ष्यसहित तयारीमा छ।

 

सम्बन्धित खबर

काठमाडौँको जितसहित तालिकाको तेस्रो स्थानमा उक्लियो

काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपिएल० मा बिहीबार भएको बागमती डर्बीमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको छ । पाँच खेलपछि काठमाडौँले ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिए...

एनपीएलः आज कर्णाली र काठमाडौं भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।

राजमार्गले चोला फेर्‍यो, हर्षले सास्ती बिर्सायो

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

नेपालले भारतलाई ९२ रनले हरायो

काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटिय...

एनपीएल : आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर...

पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...