मङ्गल, ०३ चैत २०८२

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल फेरि पहिलो, ८९ अङ्कसहित देशकै उत्कृष्ट सङ्घीय अस्पताल

Main News Image


चितवन, १५ असार न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा भरतपुर अस्पतालले लगातार उत्कृष्ट प्रदर्शन गर्दै देशका सङ्घीय अस्पतालमध्ये पहिलो स्थान हासिल गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनअनुसार अस्पतालले ८९ अङ्क प्राप्त गर्दै शीर्ष स्थान सुरक्षित गरेको हो।

मूल्याङ्कनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ७७ अङ्कसहित दोस्रो र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अङ्कसहित तेस्रो स्थानमा रहेका छन्। पाटन अस्पतालको मूल्याङ्कन प्रक्रिया भने अझै जारी रहेको मन्त्रालयले जनाएको छ।

महाशाखाका संयोजक डा. श्रीराम तिवारीका अनुसार देशभरका १४ सङ्घीय अस्पतालको सेवा गुणस्तरलाई एक हजार ४९७ सूचकका आधारमा परीक्षण गरिएको थियो। सोही मूल्याङ्कनमा भरतपुर अस्पतालले सबैभन्दा राम्रो नतिजा हासिल गरेको हो। गत आर्थिक वर्षमा पनि अस्पतालले ८८ अङ्कसहित उत्कृष्ट स्थान बनाएको थियो।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले सेवा प्रवाह, उपकरण व्यवस्थापन, सरसफाइ, औषधि उपलब्धता, जनशक्ति परिचालन तथा कार्य व्यवस्थापनमा सुधार गर्दै अघिल्लो वर्षको तुलनामा यस वर्ष थप प्रगति गर्न सफल भएको बताउनुभयो।

६०० श्ययाको क्षमता रहेको भरतपुर अस्पतालमा दैनिक दुई हजार ५०० देखि तीन हजारसम्म बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन्। अस्पतालले हाल १४ वटा अतिविशिष्ट स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ। निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा बन्द भएपछि बिमामार्फत उपचार गराउने बिरामीको चाप पनि भरतपुर अस्पतालमा उल्लेख्य रूपमा बढेको छ।

उच्च मूल्याङ्कन प्राप्त गरे पनि बिरामीको अत्यधिक चाप र सीमित स्रोतसाधनका कारण सबै बिरामीको अपेक्षाअनुसार सेवा दिन अझै चुनौती रहेको डा. बगालेले बताउनुभयो। उहाँले उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै सेवा गुणस्तरलाई थप प्रभावकारी बनाउने प्रयास निरन्तर जारी रहने उल्लेख गर्नुभयो।

 

सम्बन्धित खबर

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

पाँच वर्षमा क्यान्सरका बिरामी झन्डै दोब्बर, जनचेतनाको अभाव मुख्य कारण

काठमाडौं, असार १३ — नेपालमा पछिल्लो पाँच वर्षमा क्यान्सरका बिरामीको संख्या झन्डै दोब्बर पुगेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका अनुसार सरकारले उपचार सहुलियत उपलब्ध गराएका क्यान्सरका बिरामीको संख...

नेपालको मौसम आज बदली

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

काठमाडौँ उपत्यकामा खाद्य अनुगमन कडा, ‘कस्मेटिक ग्रेड’ रोज वाटर नष्ट

काठमाडौँ, १५ असारः सरकारले खाद्य सुरक्षा

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...