ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन बिक्री, रु २५ लाखको कारोबार
बागमती, १४ असार: बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा आयोजित तीनदिने ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री हुनुका साथै रु २५ लाख बराबरको कारोबार भएको छ।
हेटौँडा उपमहानगरपालिका–११ स्थित प्रदेश
कृषि थोक बजार परिसरमा सञ्चालित महोत्सवमा हेटौँडा तथा आसपासका क्षेत्रका
उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको हेटौँडा उपमहानगरपालिकाको कृषि विकास शाखाका
प्रमुख प्रदीप रेग्मीले जानकारी दिनुभयो।
स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने
उद्देश्यले आयोजित महोत्सवले नेपाली फलफूलको बजार अभाव नभई स्वदेशी उत्पादनप्रति
उपभोक्ता र बजारको प्राथमिकता बढाउन आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ।
स्थानीय कृषि उत्पादनको प्रवर्द्धन,
किसानलाई उचित बजार उपलब्ध गराउने तथा
उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष बजार सम्बन्ध स्थापना गर्न महोत्सव प्रभावकारी
भएको कृषि विकास शाखाका प्रमुख रेग्मीले बताउनुभयो।
एक्सप्रेस
सम्बन्धित खबर
पाँच एसएसपी डीआईजी बढुवा : सीआईबीमा भुपेन्द्र खत्री
काठमाडौँ । सरकारले पाँच जना डीआईजी बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारि...
पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी
बालेन शाह प्रकरणले संसद अवरुद्ध, सभामुख प्रधानमन्त्रीसँग छलफलमा
बालेन्द्र शाह सम्बन्धी विषयलाई लिएर विपक्षी दलहरूले लगातार प्रतिनिधिस...
गुल्मीमा भीषण हावाहुरीको कहर : सयौँ परिवार प्रभावित, संसदमा सांसद पन्थीको ध्यानाकर्षण
गुल्मी जिल्लाको मालिका गाउँपालिका मा गएराति आएको आकस्मिक हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ। राति करिब ८ बजेदेखि ९ बजेको...


