मङ्गल, ०३ चैत २०८२

ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन बिक्री, रु २५ लाखको कारोबार

Main News Image

बागमती, १४ असार: बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा आयोजित तीनदिने ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री हुनुका साथै रु २५ लाख बराबरको कारोबार भएको छ।

हेटौँडा उपमहानगरपालिका–११ स्थित प्रदेश कृषि थोक बजार परिसरमा सञ्चालित महोत्सवमा हेटौँडा तथा आसपासका क्षेत्रका उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको हेटौँडा उपमहानगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रदीप रेग्मीले जानकारी दिनुभयो।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवले नेपाली फलफूलको बजार अभाव नभई स्वदेशी उत्पादनप्रति उपभोक्ता र बजारको प्राथमिकता बढाउन आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ।

स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, किसानलाई उचित बजार उपलब्ध गराउने तथा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष बजार सम्बन्ध स्थापना गर्न महोत्सव प्रभावकारी भएको कृषि विकास शाखाका प्रमुख रेग्मीले बताउनुभयो।

 

सम्बन्धित खबर

जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक

२८ असोज, काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी के...

दक्षिणपूर्वी एसियाबाट ६८७ नेपालीको उद्धार, थप नागरिक अझै जोखिममा

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा(नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध ह...

आगामी तीनदेखि चार दिनभित्र कर्णाली र सुदूरपश्चिममा पनि मनसुन विस्तार हुने

काठमाडौँ, १४ असारः हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुन वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।