मङ्गल, ०३ चैत २०८२

शिक्षा र प्रविधिबीच समन्वय आवश्यक : उपराष्ट्रपति यादव

Main News Image

काठमाडौँ, १४ असार — उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र डिजिटल प्रविधिसँग एकीकृत गर्नुपर्नेमा जोड दिनुभएको छ।

मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले कृत्रिम बौद्धिकता (एआई) र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षासँग जोड्न आवश्यक रहेको बताउनुभयो।

उहाँले शिक्षा क्षेत्रमा अपेक्षित नवप्रवर्तनको कमी रहेको उल्लेख गर्दै डिजिटल शिक्षामार्फत त्यसको परिपूर्ति गर्नुपर्ने धारणा राख्नुभयो। शिक्षालाई अनुशासन, अनुसन्धान र नवप्रवर्तनसँग समेटेर अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।

उपराष्ट्रपति यादवले भन्नुभयो, “शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्छ। बहुजातीय समाजमा शिक्षा नै सद्भावको आधार हो। राष्ट्र निर्माणमा शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ। भविष्य निर्माणका लागि शिक्षा क्षेत्रमा सुधार आवश्यक छ। युवालाई स्वरोजगारतर्फ उन्मुख बनाउन शिक्षा सहयोगी हुनुपर्छ। केवल प्रमाणपत्र प्राप्तिमा सीमित नभई गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ। शिक्षक राष्ट्र निर्माणका अभियन्ता हुन् र विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्छ।”

सो अवसरमा कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले सुलभ र सहज रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यलाई कलेजले निरन्तरता दिइरहेको बताउँदै आगामी दिनमा संस्थालाई अझ उत्कृष्ट शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति दीपक अर्यालले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त करिब ४५० सामुदायिक क्याम्पसमध्ये मदन भण्डारी मेमोरियल कलेज उत्कृष्ट दशभित्र पर्ने प्रतिष्ठित शैक्षिक संस्था रहेको उल्लेख गर्नुभयो।

क्याम्पस प्रमुख बाबुराम अधिकारीले कलेज स्थापनादेखि हालसम्म सञ्चालन गरिएका शैक्षिक तथा प्रशासनिक गतिविधिबारे जानकारी गराउनुभएको थियो।

 

सम्बन्धित खबर

आठ दलीय वाम एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी, चुनाव चिन्ह पाँचकुने तारा

काठमाडौँ । नेकपा माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पा...

१५ औं महाधिवेशनको मितिसम्बन्धी कांग्रेस अझै अनिर्णित

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औं महाधिवेशनको मितिमा बहस जारी छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुले आफ्नो राय राखेको कांग्र...

राजनीतिक तथा आर्थिक अवसरहरुमा सबै वर्ग र समुदायको समान पहुँच हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन् । आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनल...

पुनर्गठनको एजेन्डा रवि लामिछानेको विकल्प होइन: तोसिमा कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृ डा तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेको विकल्प खोज्ने उद्देश्यले पुनर्गठनको एजेन्डा अघि सारेको भन्ने टिप्पणीको खण्डन गरेकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुक...

कुलमानविरुद्ध हितेन्द्रको रिटमा सुनुवाई आज

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । उनले सोमबार आफूलाई प्राधिकरणकै कार्यकारी निर्देशकमा फर्काउन माग गर्दै सर्वोच्च अदाल...

राजनीतिक दल होस् त यस्तो !

राजनीतिक इतिहास निकै जटिल मोडमा छ। जनता राजनीति सम्झिंदा मात्रै पनि झसङ्ग-झसङ्ग तर्सिने हुन्छन्। राजनीतिले सही दिशा लिन सकेन भने सिङ्गो मुलुक अकल्पनीय संकटमा जाने दुःखद् परिकल्पनाले आम नेपालीलाई सताइरहेको छ। किन-किन चाडपर्वहरू पनि खल्ला छन्। मेरो...