शिक्षा र प्रविधिबीच समन्वय आवश्यक : उपराष्ट्रपति यादव
काठमाडौँ, १४ असार — उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र डिजिटल प्रविधिसँग एकीकृत गर्नुपर्नेमा जोड दिनुभएको छ।
मदन भण्डारी मेमोरियल
कलेजको रजत महोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले
कृत्रिम बौद्धिकता (एआई) र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्मको
शिक्षासँग जोड्न आवश्यक रहेको बताउनुभयो।
उहाँले शिक्षा क्षेत्रमा
अपेक्षित नवप्रवर्तनको कमी रहेको उल्लेख गर्दै डिजिटल शिक्षामार्फत त्यसको
परिपूर्ति गर्नुपर्ने धारणा राख्नुभयो। शिक्षालाई अनुशासन, अनुसन्धान र नवप्रवर्तनसँग समेटेर अघि बढाउनुपर्ने उहाँको
भनाइ थियो।
उपराष्ट्रपति यादवले
भन्नुभयो, “शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्छ।
बहुजातीय समाजमा शिक्षा नै सद्भावको आधार हो। राष्ट्र निर्माणमा शिक्षाको
महत्वपूर्ण भूमिका रहन्छ। भविष्य निर्माणका लागि शिक्षा क्षेत्रमा सुधार आवश्यक छ।
युवालाई स्वरोजगारतर्फ उन्मुख बनाउन शिक्षा सहयोगी हुनुपर्छ। केवल प्रमाणपत्र
प्राप्तिमा सीमित नभई गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ। शिक्षक राष्ट्र निर्माणका
अभियन्ता हुन् र विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्छ।”
सो अवसरमा कलेज व्यवस्थापन
समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले सुलभ र सहज रूपमा गुणस्तरीय शिक्षा
प्रदान गर्ने उद्देश्यलाई कलेजले निरन्तरता दिइरहेको बताउँदै आगामी दिनमा
संस्थालाई अझ उत्कृष्ट शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त
गर्नुभयो।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति दीपक अर्यालले
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त करिब ४५० सामुदायिक क्याम्पसमध्ये मदन
भण्डारी मेमोरियल कलेज उत्कृष्ट दशभित्र पर्ने प्रतिष्ठित शैक्षिक संस्था रहेको
उल्लेख गर्नुभयो।
क्याम्पस प्रमुख बाबुराम
अधिकारीले कलेज स्थापनादेखि हालसम्म सञ्चालन गरिएका शैक्षिक तथा प्रशासनिक
गतिविधिबारे जानकारी गराउनुभएको थियो।
एक्सप्रेस
सम्बन्धित खबर
शिक्षामन्त्री पुनको आग्रह : उद्घाटन, शिलान्यासमा नबोलाइदिनुहोला
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले आफूलाई उद्घाटन, शिलान्यास जस्ता कार्यक्रममा नबोलाइदिन सबैसँग आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत कुनै पनि औपचारिक कार्यक्रममा अतिथी, प्रमुख अतिथी नबनाउन पनि आग्रह गरेका छन्...
नेपालीको आत्मनिर्णयको अधिकारमाथि चुनौति दिने तत्वसँग लड्न कम्युनिष्ट एकता : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि चुनौति दिने विदेशीतत्वसँग लड्न कम्युनिष्ट एकता गरिएको बताएका छन् । शनिबार दाङको देउखुरीमा आयोजित एकता सन...
सर्वपक्षीय सरकार गठनका लागि दवाव दिन सडक संघर्ष गर्ने विप्लवको चेतावनी
काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि दवाव दिन सडक संघर्ष गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा बसेको नेकपा माओवादीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै बिप्लवले वर्तमा...
सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने
काठमाडौँ । सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंसिर २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री...
वडा-वडामा मतदाता दर्ता अभियानमा सक्रिय हुन कांग्रेस महामन्त्रीद्वयको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका मातहतका सबै संगठनलाई मतदाता नामावली अद्यावधिकमा सक्रिय हुन निर्देशन दिएका छन् । निर्वाचन आयोगले आगामी कात्तिक ३० गतेसम्म नयाँ मतदाता द...
स्वदेश फर्किएका देउवा कांग्रेस बैठकमा सहभागी हुन्छन् ?
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचार सकेर स्वेदश फर्किएका छन् । कात्तिक १० गते सिंगापुर गएका देउवा दम्पती उपचार सकेर शुक्रबार राति काठमाडौँ आइपुगेका हुन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनक...


