सभामा आर्थिक विधेयकमाथि बहस सुरु, कर र बजेट व्यवस्थापनमा सांसदको चासो
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बजेटसँग सम्बन्धित ‘आर्थिक विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफल सुरु भएको छ। सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि सातवटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिँदै छलफल सरकारको प्रशासनिक कार्य, स्थानीय समस्या तथा मौद्रिक र आर्थिक नीतिसँग सम्बन्धित विषयमा केन्द्रित रहने स्पष्ट पार्नुभयो।
छलफलका क्रममा संशोधन
प्रस्तावकर्ता नेपाली कांग्रेसकी गङ्गालक्ष्मी अवालले विदेश अध्ययनका लागि जाने
विद्यार्थीमाथि प्रस्ताव गरिएको तीन प्रतिशत शुल्क हटाउन वा न्यूनतम बनाउन आग्रह
गर्नुभयो।
नेकपा (एमाले)का डा.
पुष्पराज कँडेलले विधेयकमा विभिन्न २० शीर्षकमा करको व्यवस्था गरिए पनि
आयकरसम्बन्धी विषय स्पष्ट नभएको भन्दै त्यसबारे सरकारको धारणा माग्नुभयो।
राष्ट्रिय स्वतन्त्र
पार्टीका सुशील खड्काले कर प्रणालीलाई सरल, पारदर्शी र
निजी क्षेत्रका व्यवसायीले सहजै बुझ्न सक्ने बनाउनुपर्ने धारणा राख्नुभयो। नेकपाकी
पार्वती विकले पुँजीगत खर्च घटाएर चालु खर्च बढाउने प्रवृत्तिले मुलुकको विकास
प्रभावित हुने टिप्पणी गर्नुभयो।
त्यसैगरी, नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङले शिक्षा र
स्वास्थ्य क्षेत्रमा प्रस्तावित करका दरलाई वैज्ञानिक र व्यवस्थित बनाउन सुझाव
दिनुभयो।
संशोधन प्रस्तावकर्ता
हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिनुभएको छ भने श्रम संस्कृति पार्टीका
अध्यक्ष हर्कराज राई बैठकमा अनुपस्थित रहनुभयो। विधेयकमाथिको छलफल सकिएपछि
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।
यसअघि अर्थमन्त्री वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन)
विधेयक, २०८३’ संसदमा प्रस्तुत गर्नुभएको थियो।
बैठकमा प्रधानमन्त्रीको
तर्फबाट कानुन, न्याय तथा
संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखा
परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३’ र ‘सार्वजनिक खरिद
(दोस्रो संशोधन) विधेयक, २०८३’ पेश गर्नुभयो।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो
संशोधन) विधेयक, २०८३’ तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई
संशोधन गर्ने विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुभयो।
एक्सप्रेस
सम्बन्धित खबर
एमालेको ११ औं महाधिवेशनः सचिव पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनबाट सचिव पदमा केपी शर्मा ओलीको प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन् । बुधबार आएको अन्तिम मतपरिणाम अनुसार सचिव पदमा सबै जना उम्मेदवारहरू ओलीकै प्यानलकाले जितेका हुन् । जित्ने मध्ये पहिलो नम्बरमा महेश बस्...
केन्द्रीय कार्यालयका घरबेटी तथा रविका विज्ञ सल्लाहकारले त्यागे रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अनुशासन आयोगका पूर्वप्रमुख तथा केन्द्रीय कार्यालय रहेको घरधनी डा। भरतमणि देवकोटाले पार्टी त्यागेका छन्। रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीस्थित चमती–१६ मा डा। देव...
शोभा पाठक भन्छिन् : मन्त्री बनेका बब्लु गुप्ता पैसाका लागि जे पनि गर्छन्
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तामाथि ‘पैसाका लागि जे पनि गर्ने’ आरोप लागेको छ । सामाजिक सञ्जालमा चर्चित शोभा पाठकले मन्त्री गुप्ताले आफूलाई एक्लै कोठामा राखेर धम्की दिएको बताएकी छन्...
केपी ओली र शेरबहादुर देउवाबीच भेटवार्ता
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली शुक्रबार दिउँसो देउवा निवास, महाराजगञ्ज पुगेका थिए । सचिवालयका अनुसार भेटवार्तामा देउवाको पत्नी आरजु...
सरकारलाई नैनसिंह महरको प्रश्न_तपाईंहरू चुनाव गर्न नसके के गर्न सक्नुहुन्छरु
डडेलधुरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपाली राजनीतिक क्षेत्रमा आपत्कालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्ने बताएका छन्। नेपाली...
वडाध्यक्षबाट मालिस गराउने गाउँपालिका अध्यक्षले दिए राजीनामा, कार्यपालिकाद्वारा स्वीकृत
जनकपुरधाम । वडाअध्यक्षबाट मालिस गराएर विवादमा आएका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले राजीनामा स्वीकृत गरेको उपाध्यक्ष...



