मङ्गल, ०३ चैत २०८२

कालीमाटीमा आजको थोक मूल्यः ठूलो नेपाली गोलभेँडा रु ४०, आलु रु ३०–४०

Main News Image

काठमाडौँ, १५ असारः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो रु ४०, सानो (लोकल) गोलभेँडा रु १० र टनेल गोलभेँडा रु २० कायम गरिएको छ।

आलुमा रातो (लाम्चो) प्रतिकिलो रु ४०, रातो (गोलो) र मुढे रु ३५–३५, भारतीय रातो आलु रु ३० तथा सेतो आलु रु ३० निर्धारण गरिएको छ। भारतीय सुकेको प्याज प्रतिकिलो रु ५५ तोकिएको छ।

हरियो तरकारीतर्फ गाजर (लोकल) रु १००, बन्दा रु ६०, स्थानीय काउली रु ९०, रातो मूला रु ३०, सेतो हाइब्रिड मूला रु २०, लाम्चो भन्टा रु २० र डल्लो भन्टा रु ३० कायम भएको छ।

दलहन तथा अन्य तरकारीमध्ये बोडी रु ३५, मकै बोडी रु ५०, मटरकोसा रु १३०, घिउसिमी रु ६०–८०, टाटे सिमी रु ५०, भटमास कोसा रु १००, करेला रु ३०, लौका रु ४०, परवर रु ४०, चिचिण्डो रु ३०, घिरौँला रु ४०, झिगुनी रु ५०, पाकेको फर्सी रु ६०, हरियो फर्सी रु ३०–५०, भिन्डी रु ३०, सखरखण्ड रु १२०, पिँडालु रु १०० र इस्कुस रु ६० प्रतिकिलो निर्धारण गरिएको छ।

सागपाततर्फ रायो रु ४०, पालुङ्गो र चमसुरको साग रु ६०–६०, तोरीको साग रु ५०, हरियो प्याज रु १५० कायम भएको छ। च्याउमध्ये कन्ये च्याउ रु ३००, डल्ले च्याउ रु ५००, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १,००० प्रतिकिलो तोकिएको छ।

समितिका अनुसार कुरिलो रु ३००, निगुरो रु १००, ब्रोकाउली रु ७०, चुकन्दर रु ९०, सजीवन रु २५०, रातो बन्दा रु ४०, जिरीको साग रु ९०, सेलरी रु १६०, पार्सले रु ३५०, सौफको साग रु ६०, पुदिना रु २००, गान्टेमूला रु ६०, इमली रु १८०, तामा रु १६०, तोफु रु १६० र गुन्द्रुक रु ३५० प्रतिकिलो निर्धारण गरिएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो रु ३००, नेपाली केरा प्रतिदर्जन रु २५०, मालभोग केरा रु २००, कागती रु २००, अनार रु ४५०, मालदह आँप रु ९०, दशहरी आँप रु १००, हरियो तरबुजा रु ६०, जुनार रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, स्थानीय काँक्रो रु ७०, हाइब्रिड काँक्रो रु ३०, लोकलक्रस काँक्रो रु ६०, रूखकटहर रु ५०, चाइनिज नासपाती रु २५०, नेपाली मेवा रु ९०, भारतीय मेवा रु १२०, स्थानीय लिची रु २००, भारतीय लिची रु ३००, काँचो नरिवल रु ८० र हरियो नरिवल रु १७० कायम गरिएको छ।

मसलातर्फ अदुवा रु १५०, सुकेको खुर्सानी रु ५००, हरियो लाम्चो खुर्सानी रु ४०, बुलेट खुर्सानी रु ३०, माछे खुर्सानी रु ५०, अकबरे खुर्सानी रु ३००, भेडे खुर्सानी रु १००, हरियो लसुन रु २००, हरियो धनियाँ रु १२०, चाइनिज सुकेको लसुन रु २२० र नेपाली सुकेको लसुन रु १८० प्रतिकिलो निर्धारण गरिएको छ।

माछातर्फ सुकेको माछा प्रतिकिलो रु १,०००, ताजा रहु माछा रु ३४०, बचुवा माछा रु ३०० र छडी माछा रु २५० कायम गरिएको समितिले जनाएको छ।

सम्बन्धित खबर

हुम्लाको नेप्का गाउँमा बाढी–पहिरोको वितण्डा, विद्यालयदेखि खेतीबालीसम्म व्यापक क्षति

हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा मंगलबार रा...

समृद्ध कर्णालीको लक्ष्यसहित आगामी बजेट ल्याइने : मन्त्री शाह

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले आग...

विवाद चर्किएपछि एमालेले फिर्ता गर्‍यो मीनबहादुरको जग्गा प्रस्ताव

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरूङ बाट प्राप्त जग्गा सहयोगको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने तयारी गरेको छ। सोमबार बसेको सचिवालय...

गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए...

कात्तिक २ गतेसम्मको बक्यौता नतिरे उद्योगको लाइन काट्ने प्राधिकरणको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने भएको छ । प्राधिकरणले बक्यौता नतिर्ने...