मङ्गल, ०३ चैत २०८२

लुम्बिनीमा बृहत् वृक्षरोपण अभियान सुरु, ६० हेक्टरमा बिरुवा रोपिने

Main News Image

लुम्बिनी, १४ असार : लुम्बिनी प्रदेशमा आजदेखि बृहत् वृक्षरोपण अभियान सुरु भएको छ। वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय र विभिन्न सामुदायिक वनको सहकार्यमा सुरु गरिएको अभियानअन्तर्गत प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएको छ भने ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षरोपण गर्ने लक्ष्य राखिएको छ। सरकारी, निजी तथा सार्वजनिक स्थानमा विभिन्न प्रजातिका बिरुवा रोपिने जनाइएको छ।

अभियानको शुभारम्भ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको गढवा गाउँपालिका–२ महदेवास्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर गर्नुभयो।

सो अवसरमा मुख्यमन्त्री आचार्यले बिरुवा रोप्नु मात्र पर्याप्त नभई तिनको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। हरेक वर्ष लाखौँ बिरुवा रोपिए पनि संरक्षणको अभावमा अपेक्षित परिणाम हासिल हुन नसकेको उल्लेख गर्दै उहाँले संरक्षण अभियानलाई सफल बनाउनु सबै नागरिकको साझा जिम्मेवारी भएको बताउनुभयो।

लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले प्रकृतिको अस्तित्व मानवभन्दा पुरानो भएकाले यसको विनाशले मानव सभ्यतामै सङ्कट निम्त्याउन सक्ने चेतावनी दिँदै वन तथा वातावरण संरक्षणलाई अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

लमही नगरपालिकाका कार्यवाहक प्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई आयआर्जन र उद्यमसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले वृक्षरोपणमा जैविक विविधतालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार पानी जम्ने क्षेत्रमा जामुन तथा अन्य स्थानमा मौवा, डालेघाँस, फूल फुल्ने र सांस्कृतिक महत्व बोकेका विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्।

डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) का प्रमुख महेन्द्रराज वाग्लेले वृक्षरोपणलाई सफल बनाउन चरिचरण नियन्त्रण, डढेलो व्यवस्थापन, गोडमेल, झाडी सफाइ तथा नियमित स्याहार–सुसारमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

सामुदायिक वन उपभोक्ता महासङ्घ दाङका अध्यक्ष हरिप्रसाद भुसालका अनुसार महदेवा सामुदायिक वनको १८ हेक्टर क्षेत्रफलमा ३० हजारभन्दा बढी बिरुवा रोपिएको छ।

सम्बन्धित खबर

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा(नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध ह...

धर्म वा समुदायलाई होच्याउने आशय नरहेको प्रधानमन्त्री कार्कीको स्पष्टीकरण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् । सामाजिक सञ्जाल ९फेसबुक० मार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको...

गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए...

दक्षिण एसियामा वन क्षेत्रको उपलब्धतामा नेपाल दोस्रो, बढ्दै छ हरियाली

ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुबे, एकको मृत्यु, अर्का बेपत्ता

सिद्धार्थनगर (भैरहवा), १४ असारः मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना अझै बेपत्ता छन्।

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...