मङ्गल, ०३ चैत २०८२

रोपाइँ महोत्सवमार्फत पर्यटन र कृषिलाई एकै सूत्रमा जोड्ने पहल

Main News Image

काठमाडौं, १५ असारग्रामीण पर्यटन र कृषिको संयुक्त प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ स्थित सुकौरा फाँटमा आइतबार रोपाइँ महोत्सव सम्पन्न भएको छ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले तीन दशकदेखि ग्रामीण पर्यटनको विकासमा गर्दै आएको योगदानलाई निरन्तरता दिँदै यस वर्ष पनि समुन्नत नेपालको प्राथमिक आधारः पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने मूल नारासहित महोत्सव आयोजना गरेको हो।

भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियाले स्थानीय संस्कृति, कृषि परम्परा र ग्रामीण पर्यटनको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको जानकारी दिँदै यस्ता गतिविधिले गाउँको अर्थतन्त्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले पर्यटन र कृषिलाई राष्ट्रिय अर्थतन्त्रको मुख्य आधारका रूपमा स्थापित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो। गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले स्थानीय सरकारले पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम अघि बढाइरहेको बताउनुभयो।

भिटोफका संस्थापक महासचिव शम्भु पाठकले पर्यटनसँग जोडिएका सिर्जनात्मक कार्यक्रमले ग्रामीण विकासलाई नयाँ गति दिने उल्लेख गर्दै पर्यटन अभियानमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

महोत्सवमा भिटोफका प्रमुख सल्लाहकार आलोक प्रसाईं, सल्लाहकार दीपक दाहाल, पर्यटन महिला सञ्जालकी पूर्वअध्यक्ष निर्मला धमला, भिटोफका पूर्वअध्यक्ष बोधराज भण्डारी तथा शिव लामिछानेलगायतको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार रोपाइँ महोत्सवले स्थानीय कृषि संस्कृति जोगाउनुका साथै ग्रामीण पर्यटनको प्रवर्द्धन, स्थानीय उत्पादनको प्रचारप्रसार र आर्थिक गतिविधि विस्तारमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

सम्बन्धित खबर

भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

आज १३.८८ अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ५१ करोडमा सीमित

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड ५९ लाखको सेयर कारोबार भएको छ । आज ५४ कम्पनीको सेयर मूल्य बढ्...

नेप्सेमा ६२.२९ अंकको वृद्धि, ४ अर्ब ५७ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोडको सेयर कारोबार भएको छ । आज २३६ कम्पनीको सेयर मू...

नेशनल लाइफले पहिलो त्रैमासमा कमायो १४ करोड ८ लाख रुपैयाँ नाफा, बीमाकोष खर्ब नजिक

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा कमाएको १३ करोड ८३ लाख रुपैयाँको तुलनामा १.८१ प्रतिशतले ख...

आज ९.७८ अंकले बढ्यो नेप्से, ३ अर्ब ९४ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोडको सेयर कारोबार भएको छ । आज १६७ क...

सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ। खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ। निर्देश...