रोपाइँ महोत्सवमार्फत पर्यटन र कृषिलाई एकै सूत्रमा जोड्ने पहल
काठमाडौं, १५ असार — ग्रामीण पर्यटन र कृषिको संयुक्त प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ स्थित सुकौरा फाँटमा आइतबार रोपाइँ महोत्सव सम्पन्न भएको छ।
गाउँ पर्यटन
प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले तीन दशकदेखि ग्रामीण पर्यटनको विकासमा गर्दै आएको
योगदानलाई निरन्तरता दिँदै यस वर्ष पनि ‘समुन्नत नेपालको
प्राथमिक आधारः पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने मूल नारासहित महोत्सव आयोजना गरेको हो।
भिटोफ नेपालका
अध्यक्ष हरिशरण थपलियाले स्थानीय संस्कृति, कृषि परम्परा र ग्रामीण पर्यटनको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यका साथ
महोत्सव आयोजना गरिएको जानकारी दिँदै यस्ता गतिविधिले गाउँको अर्थतन्त्रलाई थप
चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले पर्यटन र कृषिलाई राष्ट्रिय अर्थतन्त्रको मुख्य आधारका रूपमा स्थापित गर्न
यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो। गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले स्थानीय सरकारले पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा
राख्दै नीति तथा कार्यक्रम अघि बढाइरहेको बताउनुभयो।
भिटोफका संस्थापक
महासचिव शम्भु पाठकले पर्यटनसँग जोडिएका सिर्जनात्मक कार्यक्रमले ग्रामीण
विकासलाई नयाँ गति दिने उल्लेख गर्दै पर्यटन अभियानमा सबै पक्षको सक्रिय सहभागिता
आवश्यक रहेको बताउनुभयो।
महोत्सवमा भिटोफका
प्रमुख सल्लाहकार आलोक प्रसाईं, सल्लाहकार दीपक दाहाल, पर्यटन महिला सञ्जालकी पूर्वअध्यक्ष निर्मला धमला, भिटोफका पूर्वअध्यक्ष बोधराज भण्डारी तथा शिव लामिछानेलगायतको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार
रोपाइँ महोत्सवले स्थानीय कृषि संस्कृति जोगाउनुका साथै ग्रामीण पर्यटनको
प्रवर्द्धन, स्थानीय उत्पादनको प्रचारप्रसार र आर्थिक
गतिविधि विस्तारमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
महाकाली सिँचाइको अनुगमनमा मन्त्री घिसिङ, भने-पानी छोड्ने विषयमा भारतसँग कुरा भइरहेको छ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको ब्रम्हदेवस्थित टनकपुर ब्यारेजेको निरीक्षण गरेका छन् । राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन...
स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क लिने व्यवस्था स्थगित
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरेको जनाएको छ । बीमा बोर्डको पछिल्लो निर्णय अनुसार अर्को सूचना नआएसम्मका लागि यसअघि...
नेप्सेमा सामान्य अंकको वृद्धि, ३ अर्ब ४२ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाखको सेयर कारोबार भएको छ । आज १३४ कम्पनीको सेयर मूल्य बढ्...
निरन्तर बढ्दै सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । आज मात्रै सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भईर...
साताभर ७.६६ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ७.६६ अंकले बढेर २६१५.०३ विन्दुमा आईपुगेको छ। गत साता २६०७.३७ विन्दुमा बन्द भएको नेप्से यो साता ७.६६ अंक बढेर २६१५.०३ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। यस साता तीन कारोबार दिन नेप्से...
नेप्सेमा ५.३२ अंकको वृद्धि, ५ अर्ब ८२ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको...


