मङ्गल, ०३ चैत २०८२

काम नगर्ने १६ निर्माण कम्पनीमाथि सडक डिभिजनको कडा कदम, ठेक्का रद्द प्रक्रिया सुरु

Main News Image

जुम्ला, १३ असार — वर्षौंदेखि सडक निर्माणको काम अलपत्र पार्दै आएका १६ वटा रुग्ण ठेक्का अन्त्य गर्ने प्रक्रिया जुम्लास्थित सडक डिभिजन कार्यालयले अघि बढाएको छ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कालिकोट, जुम्ला र मुगु जिल्लामा सञ्चालनमा रहेका १६ वटा सडक निर्माण ठेक्का सम्झौता रद्द गर्ने सम्बन्धमा १५ दिने सूचना प्रकाशित गरेको हो। ठेक्का सम्झौता भए पनि लामो समयसम्म निर्माण कार्य सम्पन्न नभएपछि कानुनी प्रक्रिया अघि बढाइएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए।

रद्द प्रक्रियामा परेका ठेक्कामध्ये १२ वटा कालिकोट, तीन वटा जुम्ला र एउटा मुगु जिल्लाका हुन्। यी आयोजनाहरू आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्म विभिन्न समयमा सम्झौता गरिएका थिए।

सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महतराका अनुसार निर्माण व्यवसायीलाई पटक–पटक लिखित तथा मौखिक रूपमा काम सम्पन्न गर्न आग्रह गरिए पनि बेवास्ता गरेपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरिएको हो।

ठेक्का रद्द भएसँगै सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत तथा धरौटी जफत गर्ने, पेस्की रकममा १० प्रतिशत ब्याजसहित असुल गर्ने र बाँकी निर्माण खर्चसमेत सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।

यसअघि पनि कर्णाली राजमार्गअन्तर्गत अलपत्र परेका १० वटा रुग्ण सडक आयोजनाको ठेक्का रद्द गरिसकेको सडक डिभिजन कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुबे, एकको मृत्यु, अर्का बेपत्ता

सिद्धार्थनगर (भैरहवा), १४ असारः मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना अझै बेपत्ता छन्।

ओलीलगायतको राहदानी रोक्का र स्थानहद विरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का गर्ने र उनीहरूलाई निश्चित स्थाबभन्दा बाहिर जान रोक लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा...

सीमा विवादले उग्र रूप लिँदा चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिकाबीच सीमा क्...

साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात

साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात

गुल्मीमा भीषण हावाहुरीको कहर : सयौँ परिवार प्रभावित, संसदमा सांसद पन्थीको ध्यानाकर्षण

गुल्मी जिल्लाको मालिका गाउँपालिका मा गएराति आएको आकस्मिक हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। राति करिब ८ बजेदेखि ९ बजेको...

होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल


होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण...