धरानमा अत्याधुनिक ‘स्मार्ट बसपार्क’ सञ्चालनमा, सार्वजनिक यातायात अब थप व्यवस्थित हुने अपेक्षा
धरान, असार १३ – धरान उपमहानगरपालिका – ८ मा निर्माण गरिएको अत्याधुनिक ‘स्मार्ट बसपार्क’ शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले विशेष कार्यक्रमबीच बसपार्कको उद्घाटन गर्दै यसले धरानको सार्वजनिक यातायात व्यवस्थापनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
संघीय
सरकार र धरान उपमहानगरपालिकाको ५०–५० प्रतिशत लगानीमा करिब एक बिघा सात कट्ठा
क्षेत्रफलमा निर्माण गरिएको यो आयोजना सुरुमा ३३ करोड ७० लाख ४७ हजार ३३७ रुपैयाँ
लागत अनुमान गरिएको थियो। निर्माणको जिम्मा बिकोइ गीताञ्जली जेभी, दुहबी–सुनसरीले पाएको थियो। २०७८ असार ३०
गते २५ करोड ४१ लाख ६७ हजार ३१९ रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण सुरु भएको
परियोजना अन्ततः २४ करोड ८६ लाख ९ हजार १४८ रुपैयाँमा सम्पन्न भएको योजना शाखाका
इञ्जिनियर प्रकाश शर्माले जानकारी दिनुभयो।
नयाँ
बसपार्कमा एकैपटक ३८ वटा ठूला बस र १८ वटा जिप पार्किङ गर्न सकिने व्यवस्था छ।
बेसमेन्टमा ७२ वटा मोटरसाइकल, ६० वटा
अटो रिक्सा तथा केही कार र जिप पार्किङ गर्न मिल्ने सुविधा पनि उपलब्ध छ।
यात्रुको
सुविधालाई प्राथमिकता दिँदै करिब ३०० जना अट्ने आधुनिक प्रतीक्षालय, टिकट काउन्टर, एटीएम बुथ, सिसिटिभी निगरानी, सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा २२ वटा अटो अट्ने छुट्टै
स्टेसन निर्माण गरिएको छ। भवनको पहिलो तलामा १८ वटा व्यावसायिक सटर पनि रहेका छन्।
उद्घाटन
समारोहमा कार्यवाहक नगरप्रमुख बेघाले पुरानो बसपार्कको साँघुरोपनका कारण हुने
भीडभाड, ट्राफिक
जाम र यात्रुले भोग्दै आएका असुविधा अब धेरै हदसम्म अन्त्य हुने बताउनुभयो। उहाँले
बसपार्कको व्यवस्थापनलाई आगामी दिनमा अझ प्रभावकारी र यात्रुमैत्री बनाइने
प्रतिबद्धता व्यक्त गर्नुभयो।
पूर्वउपप्रमुख
मञ्जु भण्डारीले पनि लामो समयदेखि धरानमा व्यवस्थित बसपार्कको अभावले यात्रु र
यातायात व्यवसायी दुवैले समस्या झेल्नुपरेको उल्लेख गर्दै नयाँ स्मार्ट बसपार्क
धरानको गौरवको आयोजना भएको बताउनुभयो। उहाँका अनुसार यसले सार्वजनिक यातायातलाई थप
व्यवस्थित बनाउनुका साथै दुर्घटनाको जोखिम घटाउन र यात्रुलाई आधुनिक सेवा उपलब्ध
गराउन महत्वपूर्ण भूमिका खेल्नेछ।
एक्सप्रेस
सम्बन्धित खबर
माइतीघरमै जम्मा भए एमाले प्रदर्शनकारी (तस्वीरहरू)
माइतीघरमै जम्मा भए एमाले प्रदर्शनकारी (तस्वीरहरू)१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू माइतीघरमा जम्मा भएका छन् ।
दिउँसो ३ बजेदेखि माइतीघर–बबरमहल क्षेत्रमा एमालेका कार्यक...
लेखकको गृहजिल्ला कञ्चनपुर कांग्रेसले बोलायो बैठक
१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको हो ।
जिल्ला सचिव भीम भट्टले शनिबार दिउँसो साढे ३ बजेका लागि आकस्मिक...
महाराजगञ्जमा पार्किङ गरिएको गाडीमा स्कुटर ठोक्किँदा युवकको ज्यान गयो
काठमाडौंको महाराजगञ्ज क्षेत्रमा रोकिराखिएको गाडीमा स्कुटर ठोक्किँदा ए...
दुर्गा प्रसाईंको दाबी __ फागुन २१ मा निर्वाचन हुँदैन
काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे । शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात एउटै रहेको टिप्पणी...
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेलहोलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै...



