मङ्गल, ०३ चैत २०८२

१,४२२ वर्ष पुरानो पनौतीको हिले–जात्रा सुरु, सोमबार सार्वजनिक बिदा

Main News Image

काभ्रेपलाञ्चोक, १३ असारः काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा १,४२२ वर्षदेखि निरन्तर मनाइँदै आएको हिले–जात्रा आजदेखि सुरु भएको छ। परम्पराअनुसार पहिलो दिन साँझ पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइने र देवगण (दुइचा न्याकेगू) सुस्तरी खोला तरेपछि जात्राको औपचारिक सुरुआत भएको मानिन्छ।

आज राति भद्रकालीको रथ तानिने तथा रातभर गैंडू पूजा (होम) गरिने पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ।

समितिका अनुसार दोस्रो दिन अर्थात् चतुर्दशीमा पनौतीका सम्पूर्ण देवी–देवताका मठमन्दिरमा विशेष पूजा गरिन्छ। इन्द्रेश्वर महादेव मन्दिरको पूर्वतर्फ रहेको महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबिरजात्रासहित नगर परिक्रमा गराइनेछ। साँझ भद्रकालीको रथ तानिनुका साथै चक्र पूजा पनि हुनेछ।

पूर्णिमाको दिन जात्राको मुख्य आकर्षणका रूपमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको दौड तथा रथ जुधाउने परम्परा सम्पन्न गरिन्छ। धार्मिक किंवदन्तीअनुसार भद्रकालीले महादेवलाई लखेट्ने र अन्ततः उन्मत्त भैरवको रूप धारण गरेका महादेवले भद्रकालीलाई पराजित गर्ने प्रसंगको प्रतीकस्वरूप यो रथजात्रा सञ्चालन गरिन्छ।

इन्द्रेश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार विगतमा रथ जुधाउने कार्यक्रम झिसमिसेमै सम्पन्न गरिन्थ्यो। पछिल्ला केही वर्षदेखि भने ठूलो जनसहभागिताका कारण दिउँसो नै रथ जुधाउने गरिएको छ।

जात्राका क्रममा कर्माचार्यहरूले विशेष पूजा सामग्री र सुकुण्डा बोकेर सुस्तरी हिँड्ने परम्परालाई नेवारी भाषामा ‘न्ह्यायकेगू’ भनिन्छ। गोरखनाथ पुगेपछि नागराजाको कृपाले पर्याप्त वर्षा हुने र रोपाइँ सफल हुने जनविश्वास रहिआएको छ।

त्रयोदशीदेखि पूर्णिमासम्म तीन दिन मनाइने हिले–जात्रा सकिएपछि खेतमा रोपाइँ सुरु गर्ने परम्परा रहेको छ। स्थानीय विश्वासअनुसार जात्रा समापनसँगै हावाहुरी चल्ने र वर्षा सुरु हुने गर्छ।

जात्राका अवसरमा चिउली र केरा खाएर घुम किन्नुपर्ने तथा प्रत्येक घरमा बलि दिएर पाहुनालाई भोज गराउने चलन पनि अझै कायम छ। स्थानीय समुदायका लागि महत्वपूर्ण पर्वका रूपमा मनाइने यस जात्राका कारण पनौती नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ।

सम्बन्धित खबर

भारत भ्रमणमा रहेका रवि लामिछानेको आज भाजपा नेतृत्वसँग उच्चस्तरीय राजनीतिक संवाद

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आज भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरूसँग महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्ने कार्य...

सिंहदरबारका अस्थायी चमेना गृह हटाइँदै

काठमाडौं । सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह हटाउने प्रक्रिया सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलपछि संघीय सचिव...

एमालेमा हलचल, तर खुल्न डर

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

आजको मौसम कस्तो रहला ? आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा...

गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए...

२४ घण्टामा २५ विपद्का घटना: सर्पदंशबाट एक बालकको मृत्यु, १३ जना घाइते

काठमाडौं, असार १३ – पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपद्जन्य घटनामा एक बालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा देशभर २५ वटा...