लुम्बिनीमा भुटानी गुम्बाको शिलान्यास, नेपाल–भुटान सम्बन्धलाई नयाँ उचाइ
भैरहवा, असार १३ – भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भव्य भुटानी गुम्बाको शुक्रबार विशेष धार्मिक विधिअनुसार शिलान्यास गरिएको छ। यसलाई नेपाल र भुटानबीचको सांस्कृतिक, धार्मिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा हेरिएको छ।
शिलान्यास कार्यक्रममा भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज अधिकारी (गणेश)
पौडेलको उपस्थिति रहेको थियो। भुटानी लामागुरुहरूले धार्मिक
अनुष्ठानसहित भूमि पूजन गरी गुम्बा निर्माणको औपचारिक शुभारम्भ गरेका थिए।
भुटान सरकारको गृह मन्त्रालयअन्तर्गत संस्कृति तथा जोङ्खा
विकास विभागकी महानिर्देशक म्याक्सुद ओजीले लुम्बिनीमा भुटानी
मन्दिर निर्माण सुरु हुनु भुटानका लागि अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि
भएको बताइन्। उनका अनुसार यो परियोजनाले भुटानी बौद्ध परम्परा, संस्कृति र बुद्धप्रतिको श्रद्धालाई बुद्धको जन्मभूमिसँग जोड्नेछ।
भुटान सरकार र लुम्बिनी विकास कोषबीच गतवर्ष भएको
समझदारीपत्र (एमओयू) अनुसार चालु आर्थिक वर्षभित्रै परियोजना सुरु गर्ने
प्रतिबद्धताअनुरूप निर्माण प्रक्रिया अघि बढाइएको हो। पहिलो चरणमा गुम्बा परिसरको
सीमा पर्खाल निर्माण सम्पन्न भइसकेको छ भने अब मुख्य मन्दिर निर्माण सुरु गरिएको
छ। भुटान सरकारले आगामी दुई वर्षभित्र सम्पूर्ण परियोजना सम्पन्न गर्ने लक्ष्य
राखेको छ।
प्रस्तावित गुम्बामा भुटानी मौलिक वास्तुकला, धार्मिक कला र सांस्कृतिक विशेषताहरू झल्किनेछन्। प्रार्थना कक्ष, सांस्कृतिक प्रदर्शनी स्थल तथा धार्मिक गतिविधिका लागि आवश्यक पूर्वाधारसमेत
निर्माण गरिनेछ। गुम्बा सञ्चालनमा आएपछि लुम्बिनी पुग्ने बौद्ध तीर्थयात्री तथा
पर्यटकहरूले भुटानी संस्कृति, कला र आध्यात्मिक
परम्पराको प्रत्यक्ष अनुभव गर्न सक्ने अपेक्षा गरिएको छ।
पर्यटन सहकार्यमा जोड
गुम्बा शिलान्याससँगै नेपाल र भुटानका उच्च सरकारी
प्रतिनिधिबीच द्विपक्षीय भेटवार्ता पनि सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल र भुटानका गृहमन्त्री ल्योन्पे छिरिङबीच भएको छलफलमा
पर्यटन, सांस्कृतिक आदान–प्रदान तथा द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा केन्द्रित
भएर विचार–विमर्श भएको थियो।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानीन राईका अनुसार नेपालले भुटानी पक्षसमक्ष दुई
महत्वपूर्ण प्रस्ताव राखेको छ। पहिलो, भुटानको पारो
अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच
सिधा हवाई उडान सञ्चालन गर्ने। दोस्रो, पारो–लुम्बिनी–बोधगया
धार्मिक पर्यटन सर्किट विकास गरी दक्षिण एशियाली बौद्ध पर्यटनलाई नयाँ आयाम दिने।
नेपालले भुटान भ्रमण गर्ने नेपाली नागरिकमाथि लागू गरिएको
प्रतिव्यक्ति प्रतिदिन १०० अमेरिकी डलर बराबरको दिगो विकास शुल्क (एसडीएफ) हटाउन
वा विशेष सहुलियत दिन पनि आग्रह गरेको छ। भारत र बङ्गलादेशका पर्यटकका लागि छुट्टै
व्यवस्था रहेको उदाहरण प्रस्तुत गर्दै नेपाली पर्यटकलाई पनि सहज पहुँच उपलब्ध
गराउनुपर्ने धारणा नेपाली पक्षले राखेको थियो।
भुटानका गृहमन्त्री ल्योन्पे छिरिङले नेपालका
प्रस्तावहरूलाई सकारात्मक रूपमा लिइएको बताउँदै आवश्यक सरकारी तहमा थप छलफल गरिने
प्रतिबद्धता व्यक्त गरे। उनले लुम्बिनीमा गुम्बा निर्माणका लागि नेपाल सरकारले
उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्दै बौद्ध सम्पदा संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य अझ सुदृढ
बनाइने विश्वास व्यक्त गरे।
द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट सांसद तौफिक अहमद खाँन र कन्हैया बनिया सहभागी थिए भने
भुटानका तर्फबाट नेपालका लागि भुटानी राजदूत मेजर जनरल भेत्सोप नामग्येल, गृह सचिवलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
एक्सप्रेस
सम्बन्धित खबर
ओरालो लागेकाहरुको एकतामा निकास छैन : घनश्याम भुसाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्...
अछाममा जीप दुर्घटना, दुई जनाको मृत्यु
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा भएको जीप दुर्घटनाले दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
शुक्रबार साँझ मध्यपहाडी लोकमार्गमा गुडिरहेको जीप अचानक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्द...
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा(नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध ह...
नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए । दुर्घटना हुँदा बसमा चेपिएका चालकको उद्ध...
बाजुरामा दुई जनाको भिरबाट लडेर मृत्यु, ट्याक्टर दुर्घटनामा चालक घाइते
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेलहोलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै...


