मङ्गल, ०३ चैत २०८२

ब्राजिलको शानदार पुनरागमन, जापानलाई २–१ ले हराउँदै अन्तिम १६ मा प्रवेश

Main News Image

काठमाडौँ, १६ असार : फिफा विश्वकप–२०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापानलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको ह्युस्टनस्थित खेल मैदानमा आज सम्पन्न खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गरेको हो।

जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ब्राजिलका कासेमिरोले ५६औँ मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि दोस्रो हाफको अतिरिक्त समयमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई २–१ को रोमाञ्चक जित दिलाए।

यस जितसँगै ब्राजिल विश्वकप–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ भने जापानको यात्रा राउण्ड अफ ३२ मै टुंगिएको छ।

 

सम्बन्धित खबर

स्पेन प्रकरण छानबिन गर्न गृह मन्त्रालयमा बस्दैछ आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

एनपिएलः आज विश्राम,भोलि दुई खेल हुने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

आइसीसी ओडीआई वरियतामा नेपालका खेलाडीको सुधार, आसिफ ८७औं स्थानमा

काठमाडौं । आसिफ शेख र कुशल भुर्तेल सहित नेपाली खेलाडीहरूको आइसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरियतामा सुधार भएको छ।

निको कप महिला टी-२० क्रिकेटको उपाधिका लागि आज एपिएफ र कोशी भिड्दै

जनकपुरधाम, १४ असारः मधेस प्रदेशमा जारी निको कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल एपिएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।

पर्साको वीरगञ्जस्थित टीबी शाह क्रिकेट मैदानमा हुने फ...

विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसियाप्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा...