ब्राजिलको शानदार पुनरागमन, जापानलाई २–१ ले हराउँदै अन्तिम १६ मा प्रवेश
काठमाडौँ, १६ असार : फिफा विश्वकप–२०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापानलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको ह्युस्टनस्थित खेल मैदानमा आज सम्पन्न
खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको
अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गरेको हो।
जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल
गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ब्राजिलका कासेमिरोले ५६औँ
मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा
सकिएपछि दोस्रो हाफको अतिरिक्त समयमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै
ब्राजिललाई २–१ को रोमाञ्चक जित दिलाए।
यस जितसँगै ब्राजिल विश्वकप–२०२६ को अन्तिम १६ मा
प्रवेश गरेको छ भने जापानको यात्रा राउण्ड अफ ३२ मै टुंगिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
लुम्बिनीको जितसँगै एनपिएलको प्लेअफ समीकरण पूरा
काठमाडौँ । साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपिएल दोस्रो संस्करणको प्लेअफमा पुग्ने चौथो टिम बनेको छ । लुम्बिनीको यो जितसँगै प्रतियोगिताको प्लेअफ पुग्ने चार...
केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी
अर्जेन्टिना अपराजित लयमा : जोर्डनलाई ३–१ ले हराउँदै नकआउट चरणमा प्रवेश
उत्तर अमेरिकामा जारी विश्वकपमा अर्जेन्टिनाले शनिबार जोर्डनविरुद्ध ३–१ को सानदार जित निकाल्दै अन्तिम ३२ (नकआउट चरण) मा स्थान सुरक्षित गरेको छ। यससँगै अब अर्जेन्टिनाले नक...
विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल
ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा...
पोखरामा गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत
कास्की, १३ असार : पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। महिला क्रिकेटको विकास र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजना तथा प्रदेश खेल...
नेपालले भारतलाई ९२ रनले हरायो
काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटिय...


