दाजुको हत्या आरोपमा भाइ पक्राउ
नेपालगञ्ज, असार १५: बाँके प्रहरीले आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा कोहलपुर नगरपालिका–४ गोहुवाका २० वर्षीय विनोद चौधरीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाका अनुसार आइतबार साँझ २६ वर्षीय मनोज चौधरीको हत्या गरी शव नहरमा फालेर फरार भएका विनोदलाई कोहलपुर नगरपालिका–१५ चन्हवाबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार कुटपिटका क्रममा मनोजको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ। पक्राउ परेका विनोदलाई म्याद थपका लागि जिल्ला अदालत, बाँकेमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
मितेरी सहकारी ठगीमा मुछिएकी कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योतीविरुद्ध अदालतको २१ दिने म्याद
ललितपुर ।
जेनजीमाथि कुटपिट गरेको आरोपमा दुई वडाअध्यक्षपछि एमालेका अर्का नेता पक्राउ
काठमाडौँ । बाराको सिमरामा जेनजीलाई कुटेको आरोपमा प्रहरीले नेकपा एमालेका थप एक नेतालाई पक्राउ गरेको छ । प्रहरीेले एमालेका स्थानीय नेता अरबिन्द साहलाई पक्राउ गरेको हो । जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जित...
जेनजी प्रदर्शनमा काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ
झापा। जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेक...
नेपाली युवतीलाई चिनियासँग बिहे गराइदिने गिरोह पक्राउ
काठमाडौँ । नेपालमा अवैध रूपमा ‘म्यारिज ब्युरो’ चलाएको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरूलाई अध्यागमन विभागको टोलीले काठमाडौँको सोह्रखुट्टे–मिलीजुली चोक क्षेत्रबाट नियन्त्रणमा लिएक...
देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
जनकपुरको होटलबाट पेस्तोल र चार राउन्ड गोलीसहित दुई युवक पक्राउ
जनकपुरधाम, १३ असार – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापा चौकको एक होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा होटलमा...


