हल गोरु पाल्ने कृषकलाई गल्याङ नगरपालिकाको रु पाँच हजार प्रोत्साहन अनुदान
वालिङ (स्याङ्जा), १६ असार : स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरूप प्रतिकृषक रु पाँच हजारका दरले अनुदान उपलब्ध गराएको छ।
बढ्दो यान्त्रिकीकरणका कारण हल गोरु पाल्ने परम्परा घट्दै गएपछि कृषकलाई यसतर्फ आकर्षित गर्न नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा कृषक प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीका अनुसार ११५ कृषकबाट ११६ हल गोरुको आवेदन परेपछि सोही आधारमा प्रतिकृषक रु पाँच हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो।
नगरपालिकाले यान्त्रिक हलो (पावर टिलर) चलाउन दक्ष जनशक्तिको अभाव, ग्रामीण क्षेत्रमा इन्धनको सहज उपलब्धता नहुनु तथा बिग्रिएपछि मर्मतमा समस्या हुने अवस्थालाई ध्यानमा राख्दै हल गोरु संरक्षण र प्रवर्द्धनका लागि अनुदान कार्यक्रम ल्याएको जनाएको छ।
पशु सेवा शाखाका प्राविधिक महादेव बनका अनुसार नगरपालिकाले सूचना जारी गरी हल गोरु पाल्ने कृषकसँग आवेदन मागेको थियो। आवेदनका साथ गोरुको बीमा गरेको प्रमाण र गोठमा रहेको हल गोरुको तस्बिर पेश गर्नुपर्ने व्यवस्था गरिएको थियो। त्यसपछि नगरपालिकाले स्थलगत अनुगमन गरी योग्य कृषकको खातामा अनुदान रकम जम्मा गरेको हो।
उहाँका अनुसार नगरपालिकाभित्र हल गोरुको संख्या आवेदनमा उल्लेख भएकोभन्दा बढी भए पनि केही कृषकले जानकारी नपाउँदा वा आवेदन नदिँदा अनुदानबाट वञ्चित भएका हुन सक्छन्।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि यो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। चालु आर्थिक वर्षमा अनुदान नपाएका हल गोरु पाल्ने कृषकलाई आगामी वर्ष प्राथमिकतामा राखेर प्रोत्साहन रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा
रवि-बालेन बीचको एकतामा हस्ताक्षर आज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बीचको एकतामा हस्ताक्षर आज हुने भएको छ । शुक्रबार साँझसम्म सहमतिमा सम्झौताको तयारी गरे पनि नेताहरूको व्यस्तता र केही प्राविधिक कारणले श...
ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजे...
प्रहरीमा जाहेरी दिँदै सर्वोच्च अदालत, आगजनीमा प्रयोग भएका रसायनको फरेन्सिक जाँच गरिने
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा भएको आगजनीमा संलग्नलाई कारबाहीको माग गर्दै सर्वोच्च प्रशासनले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । स्रोतका अनुसार अदालत प्रशासनले फरेन्सिक परीक्षणपछि मात्रै फोहोर सफा...
ओली र लेखकलाई पत्राचार गर्दै आयोग
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसा...
सहयोग उठाएर पत्नीको उपचार गर्दै झलनाथ, ओलीले दिएका थिए ३० लाख
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारको उपचार विभिन्न व्यक्तिहरूले गरेको सहयोगबाट गरिरहेका छन् । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा घरमा आगजन...


