गोपाल किरातीको प्रश्न : ज्ञानेन्द्र शाह र प्रचण्डमा कसरी फरक छुट्टाउने ?
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता गोपाल किरातीले पार्टी नेताहरूको शैली राजा महाराजाको जस्तो रहेकोमा कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता किरातीले पार्टी गतिविधि र नेताहरूको कार्यशैलीमाथि प्रश्न गरेका हुन् । उनले पार्टी प्रवेश कार्यक्रममा मञ्चमा देखिने भीड र शीर्ष नेताहरूलाई सुरक्षा दिने नाममा भएका तामझामप्रति असन्तुष्टि जनाएका छन् ।
पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाका नाममा गरिएको तडक भडक र उद्दण्डता गढीमाईको मेलामा राँगो लगेजस्तो देखिएको उनको भनाई छ । उनले भनेका छन्– ‘हिजो २०८२ मङ्सिर ११ गते राष्ट्रिय सभागृह, काठमाडौँमा एकतासभा आयोजना गरिएको विद्वतै छ। अस्ति क। भीम रावल र जेड पुस्तासँगको कार्यक्रममा बिरामीका कारण हामी सहभागी रहन सकेनौँ। केही हिँडडुल गर्न सकिने भएकोले हिजो चाहिँ हामीले सभागृहको कार्यक्रममा सहभागिता जाहेर गर्यौँ। तर, दुःखका साथ भन्नुपर्छ, गद्दाजनक मञ्चाशन अथवा मञ्च आसनले कार्यकर्ताहरू भन्दै थिए, नेताहरूको खुट्टी देखियो १’
उनले सुझाव दिएका छन्– ‘नेकपा र जसपा एकीकरण समुहसहित पाँच समूहको एकतासभामा मुख्यतः पाँच समूहका प्रमुखहरू मञ्चको अग्ररोहमा बस्नु पर्दथ्यो। त्यसमा जेड पुस्ताकी मुस्कान खातुन पनि अनिवार्य पर्दथिन् । किनभने, त्यस कार्यक्रमका नायकहरू उहाँहरू नै हुनुहुन्थ्यो। परन्तु, मञ्च यत्ति खचाखच भरिएको थियो कि जसपाका राजेन्द्र श्रेष्ठ र अर्को समूहका एक प्रमुख अग्ररोहमा त हुनुहुन्थ्यो, तर दुई जना मात्र बस्न मिल्ने शोफामा तीन–तीन जना खाँदिएर निक्कै अप्ठेरो गरी बसिरहेको देख्नु पर्यो। अरू समूहका प्रमुखहरू तथा मुस्कान खातुनको स्थान लाखापाखा किनारातिर झैँ हुँदा सभागृहको कार्यक्रम पाँच समूहबीच एकतासभा हो कि कुनै पूर्व समूहको प्रहशनसभा हो, क्रान्तिकारी चेतका कार्यकर्ता तथा पत्रकार साथीहरू रणभुल्ल लाग्थे।’
अबोप्रान्त कार्यक्रम सम्बद्ध बाहेकका मानिस मञ्चमा नबस्ने, बस्न नपाउने, सहभागी हुने तर उनीहरू जनता या कार्यकर्ताको पङ्क्तिमा बस्नु पर्ने संस्थागत विधि यथाशीघ्र निर्माण गर्न पनि उनले माग गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन्। मंगलबार बालुवाटारमा जेनजी आन्दोलका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मभन्दा ब...
नगर विकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँ : मन्त्री घिसिङ
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् । कोषका कामकारबाहीबारे जानकारी लिँदै आज उनले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प...
राजनीतिक दल होस् त यस्तो !
राजनीतिक इतिहास निकै जटिल मोडमा छ। जनता राजनीति सम्झिंदा मात्रै पनि झसङ्ग-झसङ्ग तर्सिने हुन्छन्। राजनीतिले सही दिशा लिन सकेन भने सिङ्गो मुलुक अकल्पनीय संकटमा जाने दुःखद् परिकल्पनाले आम नेपालीलाई सताइरहेको छ। किन-किन चाडपर्वहरू पनि खल्ला छन्। मेरो...
एमाले महाधिवेशन : मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित
बागमती । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औं महाधिवेशनका लागि मकवानपुर क्षेत्र नं १ मा निर्वाचनमार्फत प्रतिनिधि चयन भएको छ । हेटौंडामा सम्पन्न निर्वाचनमा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित भएका छन् । महाधिव...
चुनावी वातावरण बनाउन सरकार सक्रिय, देउवा, ओली र प्रचण्डसँग छुट्टाछुट्टै छलफल
काठमाडौँ । निर्वाचनको मिति नजिकिएसँगै सरकार चुनावी वातावरण बनाउन सक्रिय भएको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन दलका शीर्ष नेतालाई भेटेर निर्वाचनका विषयमा छलफल गरे । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,...
निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हुनुपर्ने धारणा राखेका छन्। उनले निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्ने बताएका छन् । बुधबार विहान जनकपुर विमानस्थलमा सञ्चारकमीह...



