इरानको कुर्दिस्तानमा प्रहरी चौकीमाथि गोली प्रहार : दुई अधिकारीको मृत्यु, दुई घाइते
तेहरान, १३ असार । इरानको पश्चिमी कुर्दिस्तान प्रान्तमा रहेको प्रहरी चौकीमा अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा दुई जना कानून प्रवर्तन अधिकारीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। फार्स समाचार एजेन्सीले शनिबार यो जानकारी सार्वजनिक गरेको हो।
आक्रमण बनेह र
साकेज काउन्टीबीचको सडक क्षेत्रमा भएको बताइएको छ।
घाइतेहरूलाई
उपचारका लागि नजिकैको मेडिकल सेन्टरमा लगिएको छ। साथै, प्रान्तीय प्रहरीले आक्रमणकारीहरूको पहिचान र पक्राउका लागि
खोजी तथा अनुसन्धान तीव्र पारेको जनाएको छ।
इरानको
कुर्दिस्तान प्रान्त इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रसँग सीमा जोडिएको
क्षेत्र हो, जहाँ इरानी अधिकारीहरूले
केही सीमावर्ती समूहहरूलाई “आतंकवादी” संगठनका रूपमा वर्गीकृत गर्दै आएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
गुल्मीमा भीषण हावाहुरीको कहर : सयौँ परिवार प्रभावित, संसदमा सांसद पन्थीको ध्यानाकर्षण
गुल्मी जिल्लाको मालिका गाउँपालिका मा गएराति आएको आकस्मिक हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ। राति करिब ८ बजेदेखि ९ बजेको...
गुल्मीका स्थानीय तहमा बेरुजु : धुर्कोट शून्य, मुसिकोट सबैभन्दा बढी
जिप दुर्घटनामा पर्वतका वडासदस्य पौडेलको ज्यान गयो
पर्वत । <...
पृथ्वीचोकमा महानगरको एक्सन : अतिक्रमित भवनमा डोजर, व्यवसायीले सटर खाली गरे
पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा रहेका अतिक्रमित सं...
२० वर्ष पुगेका अविवाहित छोरीका अभिभावकलाई सम्मान, धनौजीको नयाँ नीति
हुम्लाको नेप्का गाउँमा बाढी–पहिरोको वितण्डा, विद्यालयदेखि खेतीबालीसम्म व्यापक क्षति
हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा मंगलबार रा...



