मङ्गल, ०३ चैत २०८२

कालिमाटी बजारमा आजको थोक मूल्यः गोलभेँडा रु १० देखि ५०, मालदह आँप रु ९० प्रतिकिलो

Main News Image

काठमाडौँ, १४ असारः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले तरकारी, फलफूल, सागपात तथा अन्य कृषि उपजको प्रतिकिलो तथा प्रतिदर्जन मूल्य निर्धारण गरेको हो।

समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो रु ५०, सानो लोकल गोलभेँडा रु १०, टनेल गोलभेँडा रु २०, रातो आलु रु ३० देखि ४० र भारतीय सुकेको प्याज प्रतिकिलो रु ५५ कायम गरिएको छ।

हरियो तरकारीतर्फ स्थानीय गाजर प्रतिकिलो रु १००, स्थानीय बन्दा रु ६०, स्थानीय काउली रु ९०, रातो मूला रु ३०, सेतो हाइब्रिड मूला रु २०, लाम्चो भन्टा रु २० र डल्लो भन्टा रु ३० निर्धारण गरिएको छ।

त्यस्तै, बोडी प्रतिकिलो रु ४०, मकै बोडी रु ५०, मटरकोसा रु १३०, घिउ सिमी रु ६० देखि ८०, टाटे सिमी रु ५०, भटमासकोसा रु १००, तीते करेला रु ३०, लौका रु ४०, परवर रु ४०, चिचिण्डो रु ३०, घिरौँला रु ४०, झिगुनी रु ५०, पाकेको फर्सी रु ६०, हरियो फर्सी रु ३० देखि ५०, भिन्डी रु ३०, सखरखण्ड रु १२०, पिँडालु रु १०० र इस्कुस रु ६० कायम भएको छ।

सागपाततर्फ रायो साग रु ४०, पालुङ्गो र चम्सुरको साग रु ६०, तोरीको साग रु ५० तथा हरियो प्याज प्रतिकिलो रु १५० तोकिएको छ। च्याउमध्ये कन्ये च्याउ रु २८०, डल्ले च्याउ रु ४८०, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १,००० प्रतिकिलो कायम गरिएको छ।

अन्य कृषि उपजमा कुरिलो प्रतिकिलो रु ३००, निगुरो रु १००, ब्रोकाउली र चुकन्दर रु ७०, सजीवन रु २५०, रातो बन्दा रु ४०, जिरीको साग रु ९०, सेलरी रु १६०, पार्सले रु ३५०, पुदिना रु २००, इमली रु १८०, तामा र तोफु रु १६० तथा गुन्द्रुक प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो रु ३००, नेपाली केरा प्रतिदर्जन रु २५०, मालभोग केरा रु २००, कागती रु २००, अनार रु ४५०, मालदह आँप रु ९०, दशहरी आँप रु १००, हरियो तरबुजा रु ६०, जुनार रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, स्थानीय काँक्रो रु ७०, हाइब्रिड काँक्रो रु ३०, रूखकटहर रु ५०, चाइनिज नासपाती रु २५०, नेपाली मेवा रु ९०, भारतीय मेवा रु १२०, स्थानीय लिची रु २००, भारतीय लिची रु ३०० तथा काँचो नरिवल प्रतिकिलो रु ८० कायम गरिएको समितिले जनाएको छ।

सम्बन्धित खबर

अनुगमनको नाममा बदनाम गर्ने प्रयास? कोहलपुर डेन्टल अस्पताल प्रकरणले उठायो निष्पक्षताको प्रश्न

 

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

सरकारी अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य

काठमाडौं । सरकारी अस्पतालहरूमा बिग्रिएर प्रयोगविहीन बनेका स्वास्थ्य उपकरणहरूको मर्मत तथा पुनः सञ्चालनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष...

फलको राजा आँप : स्वाद, स्वास्थ्य र पोषणको खानी

गर्मी मौसम सुरु हुनासाथ बजारमा सबैभन्दा धेरै आकर्षण बढ्ने फलमध्ये आँप एक हो । रसिलो...

अर्थतन्त्रको गाँठो फुकाउन विस्तारकारी मौद्रिक नीति

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

प्राणघातक रेबिजबाट कसरी बच्ने? जान्नुहोस् लक्षण र उपचार

मानव र पशु दुवैको ज्यान लिन सक्ने भयानक रोग 'रेबिज' आज पनि जनस्वास्थ्यको लागि...