मङ्गल, ०३ चैत २०८२

स्थानीय लहिनो गाई जोगाउन मदानेको पहल, किसानलाई प्रतिगाई वार्षिक दुई हजार रुपैयाँ प्रोत्साहन

Main News Image

गुल्मी, १३ असारगाउँघरमा एक समय प्रत्येक गोठमा देखिने स्थानीय लहिनो जातका गाई अहिले विस्तारै लोप हुने अवस्थामा पुगेका छन्। दूध बढी दिने उन्नत जातका गाईपालनतर्फ किसान आकर्षित भएपछि स्थानीय गाई पाल्ने परम्परा कमजोर बन्दै गएको छ।

यही अवस्थालाई मध्यनजर गर्दै गुल्मीको मदाने गाउँपालिका अग्लुङले स्थानीय लहिनो गाई संरक्षणका लागि नयाँ कार्यक्रम सुरु गरेको छ। वडाले स्थानीय जातका गाई पाल्ने किसानलाई प्रतिगाई वार्षिक दुई हजार रुपैयाँ स्याहार भत्ता उपलब्ध गराउन थालेको हो।

वडाध्यक्ष सुशील चन्दका अनुसार गाउँबाट हराउँदै गएको स्थानीय गाईको संरक्षण गर्दै किसानलाई पुनः यसको पालनतर्फ आकर्षित गर्ने उद्देश्यले यो योजना लागू गरिएको हो। उहाँले स्थानीय गाईको अभावले धार्मिक संस्कार, संस्कृति तथा कृषि प्रणालीमा समेत प्रत्यक्ष असर पर्न थालेको बताउनुभयो।

पहिले मृत्यु संस्कारमा पुरोहितलाई लहिनो गाई दान गर्ने परम्परा रहे पनि अहिले गाईको अभावका कारण त्यसको सट्टा नगद दिने चलन बढ्दै गएको उहाँको भनाइ छ। धार्मिक कार्यमा आवश्यक पर्ने गोबर गौमूत्रसमेत सहज रूपमा नपाइने अवस्था सिर्जना भएको भन्दै उहाँले स्थानीय गाई संरक्षणको आवश्यकता झन् बढेको उल्लेख गर्नुभयो।

स्थानीय किसान नरबहादुर विष्टले वडाले उपलब्ध गराएको स्याहार भत्ताले गाई संरक्षणमा केही भए पनि उत्साह थपिएको बताउनुभयो। "पहिले हरेक घरमा गाई हुन्थ्यो, अहिले गाउँभरि गोठ खाली देखिन्छन्। गोबर गौमूत्रका लागि समेत टाढासम्म जानुपर्ने अवस्था ," उहाँले भन्नुभयो।

स्थानीय गाई दूध उत्पादनका लागि मात्र नभई जैविक खेती, धार्मिक आस्था ग्रामीण जीवनशैलीसँग समेत गहिरो रूपमा जोडिएको जानकारहरू बताउँछन्। हिन्दू परम्परामा गाईलाई लक्ष्मीको प्रतीक मानी पूजा गर्ने प्रचलन रहेको भने जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारमा गाईबाट प्राप्त वस्तुको प्रयोग गरिन्छ।

वडाध्यक्ष चन्दका अनुसार स्थानीय समुदाय तथा पाका पुस्ताको मागलाई सम्बोधन गर्दै संरक्षण अभियान सुरु गरिएको हो। "गाई हाम्रो मौलिक सम्पत्ति हो। यसको संरक्षणका लागि किसानलाई प्रोत्साहनस्वरूप स्याहार भत्ता दिएका छौँ। आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने योजना ," उहाँले बताउनुभयो।

स्थानीय राधा कुँवरका अनुसार यस्तो कार्यक्रमले किसानलाई आर्थिक सहयोग मात्र होइन, हराउँदै गएको संस्कृति, परम्परा मौलिक सम्पदाको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ। उहाँले स्थानीय गाईको संरक्षण प्रवर्द्धनका लागि सबै पक्षबीच सहकार्य समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।

 

सम्बन्धित खबर

भन्सार छली ल्याइएका रु २४ लाखका आईफोन बरामद

लुम्बिनी, १४ असारः नियमित गस्तीमा रहेको प्रहरी टोलीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब रु २४ लाख मूल्यका आईफोन बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनु...

सुरक्षा चुनौतीको सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुको विकल्प छैन : महानिरीक्षक खापुङ

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतीको...

१,४२२ वर्ष पुरानो पनौतीको हिले–जात्रा सुरु, सोमबार सार्वजनिक बिदा

काभ्रेपलाञ्चोक, १३ असारः काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा १,४२२ वर्षदेखि निरन्तर मनाइँदै आएको हिले–जात्रा आजदेखि सुरु भएको छ। परम्पराअनुसार पहिलो दिन साँझ पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइने र देवगण...

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

फिक्कल (इलाम), १४ असारः लगातारको वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ।

इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूप...

साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात

साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात

पेट्रोलको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २ घटाएको हो। डिजेल, मट्टितेलको मूल्य भने यथावत रहेको छ । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट...