मङ्गल, ०३ चैत २०८२

देशभर मनसुनी गतिविधि सक्रिय, कोशीमा भारी वर्षा र हावाहुरीको सम्भावना

Main News Image

काठमाडौँ, १५ असारः देशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव कायम रहेको छ भने बाँकी क्षेत्रमा पनि आगामी दुई–तीन दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायु सक्रिय छ। अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आगामी दुई–तीन दिनभित्र मनसुन फैलिने सम्भावना रहेको जनाएको छ।

हाल कोशी र मधेस प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।

कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। साथै कोशीको तराई र मधेस प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकीका तराईका धेरै स्थानमा, साथै लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान छ। कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस, बागमती र गण्डकीका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सम्बन्धित खबर

तिहार सुरु भएसँगै बजारमा बढ्यो चहलपहल

काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ । आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर...

समृद्ध कर्णालीको लक्ष्यसहित आगामी बजेट ल्याइने : मन्त्री शाह

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले आग...

दही–चिउरा खाएर राष्ट्रिय धान दिवस मनाइँदै, पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

काठमाडौँ, १५ असार: प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर खेतमा धान रोप्दै र दही–चिउरा खाएर उत्साहपूर्वक मनाइँदैछ। कृषिप्रधान नेपालमा यो दिनलाई धान रोपाइँसँगै दही–चिउरा खाने सांस्कृतिक पर्वका रूपमा पनि विशेष...

विद्यालयबाट घर फर्कंदै गरेका दुई बालकलाई भेलले बगायो, एकको मृत्यु, अर्का अझै बेपत्ता

प्युठानको नौबहिनी गाउँपालिका–५ डाम्री काँटेमा वर्षासँगै आएको आकस्मिक बाढीले दुई बालकलाई बगाउँदा एक जनाको ज्यान गएको छ भने अर्का बालक अझै बेपत्ता रहेका छन्।

स्थानीय याम बहादुर खत्रीका दुई छोरा, कक्षा १ मा अध्ययनरत करिब ७ वर्षीय बिमल खत्री...

काफल बेच्ने महिलामाथि नगर प्रहरीको व्यवहारप्रति आक्रोश

सुर्खेत । वीरेन्द्रनगरमा काफल बेच्दै हिँडेकी एक महिलासँग नगर प्रहरीले गरेको व्यवहारलाई लिएर सामाजिक सञ्जालदेखि सार्वजनिक वृत्तसम्म तीव्र आलोचना भइरहेको छ।

<...

रेसुङ्गा नगरपालिकाको चेतावनी: खुला र असुरक्षित रूपमा खाद्य तथा दुग्धजन्य पदार्थ ढुवानी गरे कारबाही हुने

गुल्मी । रेसुङ्गा नगरपालिकाले खाद्य तथा दुग्धजन्य पदार्थको असुरक्षित ढुवानी रोक्न अत्यन्त जरुरी सूचना जारी गरेको छ। नगरपालिकाले व्यावसायिक प्रयोजनका लागि वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा मासु, माछा, दू...