मङ्गल, ०३ चैत २०८२

मनसुन सक्रिय बन्दै, असार १६–१७ मा देशभर भारी वर्षाको चेतावनी

Main News Image

काठमाडौँ, १४ असारः नेपालमा मनसुन क्रमशः सक्रिय बन्दै गएसँगै आगामी असार १६ र १७ गते देशका अधिकांश क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन जारी गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

महाशाखाका अनुसार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने तथा एक–दुई स्थानमा अत्यधिक वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, देशका पहाडी तथा तराईका अधिकांश र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएको र यसकै प्रभावले मनसुन देशका बाँकी क्षेत्रमा समेत विस्तार हुने महाशाखाले जनाएको छ।

लगातारको वर्षासँगै बाढी, पहिरो, भूक्षय तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, तराई तथा सहरी क्षेत्रमा डुबान हुन सक्ने र नदी तथा खोलामा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

यस्तै, प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी किनारका निर्माण कार्य तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ।

सम्बन्धित खबर

भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

पेट्रोलको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २ घटाएको हो। डिजेल, मट्टितेलको मूल्य भने यथावत रहेको छ । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट...

दक्षिणपूर्वी एसियाबाट ६८७ नेपालीको उद्धार, थप नागरिक अझै जोखिममा

सुरक्षा चुनौतीको सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुको विकल्प छैन : महानिरीक्षक खापुङ

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतीको...