मङ्गल, ०३ चैत २०८२

आगामी तीनदेखि चार दिनभित्र कर्णाली र सुदूरपश्चिममा पनि मनसुन विस्तार हुने

Main News Image

काठमाडौँ, १४ असारः हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुन वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ। हाल सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतः सफा रहेको छ भने देशका बाँकी अधिकांश क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थान र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि यस्तै मौसम रहनेछ।

रातिको समयमा मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेषगरी हुरी, चट्याङ र भारी वर्षाको पूर्वानुमान भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

सम्बन्धित खबर

स्वास्थ्य मन्त्रालयमा झण्डै २ अर्ब बेरुजु, आर्थिक अनुशासनमा गम्भीर प्रश्न

महालेखापरीक्षकको कार्यालय को ६३औँ वार्षिक प्रतिवेदनले स्वास...

सर्वोच्च अदालतको अवस्थाप्रति नेपाल बारको सांकेतिक विरोध, दिउँसै लालटिन बालेर प्रदर्शन

नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालतमा देखिएको पछिल्लो घटनाक्रमप्रति...

प्रहरी दिवसमा सम्मानित हुँदा भावविह्वल शहिद प्रहरी परिवार (तस्विरहरु)

काठमाडौँ । आज नेपाल प्रहरीले ७० औँ प्रहरी दिवस मनाइरहेको छ । यस अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष समरोहको आयोजना समेत गरिएको छ । उक्त कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका...

जुम्लाको टाम्टी केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प

सुरक्षा चुनौतीको सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुको विकल्प छैन : महानिरीक्षक खापुङ

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतीको...