एनपीएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन् । बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्न लागेका हुन् । विराटनगरको कप्तान सन्दीप लामिछानेले गरिरहेका छन् भने चितवनका कप्तान कुशल मल्ल हुन् । तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ। दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ।
विराटनगरले हालसम्म हारको सामना गरेको छैन। अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर तोस्रो स्थानमा छ। चितवन तालिकाको पाँचौं स्थानमा रहेको छ। पहिलो खेलमा कर्णालीविरुद्ध चार विकेटको जित निकालेको चितवन दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।
एक्सप्रेस
सम्बन्धित खबर
आर्मीका राजन र धादिङकी सन्तोषी गरिमा रोड रेस विजेता
काठमाडौँ । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ दोश्रो गरिमा रोड रेसमा च्याम्पियन बनेका छन् । १० किलोमिटर दूरीको दौडमा राजन पुरुष र सन्तोषी महिलामा पहिलो भएका हुन् । राजनले निर्धारित दूरी २९ मिनेट १२.१२...
राजमार्गले चोला फेर्यो, हर्षले सास्ती बिर्सायो
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै
काठमाडौँ । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रत...
एनपिएलको तयारी पूरा : ३५ करोड उठ्ने क्यानको दाबी
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस ख...
नेपालले भारतलाई ९२ रनले हरायो
काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभर...



