२४ घण्टामा २५ विपद्का घटना: सर्पदंशबाट एक बालकको मृत्यु, १३ जना घाइते
काठमाडौं, असार १३ – पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपद्जन्य घटनामा एक बालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा देशभर २५ वटा विपद्का घटना भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बारामा खेलिरहेका एक बालकलाई सर्पले डस्दा उनको मृत्यु भएको हो।
उहाँका अनुसार २५ घटनामध्ये १२ वटा सर्पदंशका रहेका छन्। सङ्खुवासभा, बारा, नवलपरासी (पूर्व), कपिलवस्तु, कैलाली र कञ्चनपुरमा भएका सर्पदंशका घटनामा १० जना घाइते भएका छन्।
त्यसैगरी, बझाङमा पहिरोका कारण एक जना, दोलखामा जंगली जनावरको आक्रमणबाट एक जना तथा कास्कीमा आगलागीबाट एक जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार यी विपद्जन्य घटनाबाट करिब दुई लाख ७७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। साथै, घटनामा २२ वटा पशुचौपायाको पनि क्षति भएको जनाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
घर्तीभिर चिरेर खुल्यो तराई जोड्ने छोटो सडक, दिक्तेल–रेग्मीटार दूरी १७.५ किमि घट्यो
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी
कञ्चनपुरमा विपद् पूर्वतयारी: महाकाली नदीमा सेनाद्वारा ‘अभ्यास मनसुन–६’ सम्पन्न
जुम्लाको टाम्टी केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प
विवाद चर्किएपछि एमालेले फिर्ता गर्यो मीनबहादुरको जग्गा प्रस्ताव
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरूङ बाट प्राप्त जग्गा सहयोगको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने तयारी गरेको छ। सोमबार बसेको सचिवालय...



