मङ्गल, ०३ चैत २०८२

पोखरामा २१औँ असारे रोपाइँ महोत्सव: कृषि र पर्यटनको संगममा हिलोको रौनक

Main News Image

कास्की, १४ असार — पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको किनार आज बिहानैदेखि असारे रोपाइँको रौनकले भरिएको थियो। मध्य असारको समयमा खेताला र बाउसेहरू धान रोपाइँमा व्यस्त देखिए भने गोरुले खेत हिलाउने, बीउ काढ्ने र रोपाइँ गर्ने कामले वातावरण झनै परम्परागत बनाएको थियो।

यस वर्षको विशेषता भने स्वदेशी कृषकसँगै विदेशी पर्यटकको उल्लेखनीय सहभागिता रह्यो। विभिन्न देशबाट आएका पर्यटकहरूले हिलोमै उत्रिएर धान रोपे, हिलो खेल्दै रमाए र असारे भाकामा नाचगान गर्दै नेपाली ग्रामीण जीवनशैलीको प्रत्यक्ष अनुभव लिए।

पोखरा पर्यटन परिषद्को आयोजनामा २१औँ संस्करणको असारे रोपाइँ महोत्सव सम्पन्न भएको हो। भारत, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीनलगायतका देशका पर्यटकसँगै ठूलो संख्यामा स्वदेशी आगन्तुकहरू पनि सहभागी थिए।

कार्यक्रममा सहभागीहरूले खेतमै धान रोप्ने, हिलोमा फुटबल खेल्ने र असारे गीतमा रमाउने अवसर पाए। आयोजकका अनुसार “पोखरा सबै मौसमका लागि” भन्ने नारासहित पोखरालाई कृषि, पर्यटन र मौलिक संस्कृतिको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार यस वर्ष असार १५ मा पूर्णिमा परेकाले र परम्परागत कारणले महोत्सव एक दिनअघि आयोजना गरिएको हो। उहाँले यस्तो कार्यक्रमले विदेशी पर्यटकलाई नेपाली कृषि संस्कृति र जीवनशैलीसँग नजिक ल्याउने बताउनुभयो।

महोत्सवको उद्घाटन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले परम्परागत धान खेतीसँगै आधुनिकीकरण र व्यावसायिक उत्पादनमा जोड दिइँदै आएको उल्लेख गर्नुभयो। उहाँले “पोखरेली जेठोबुढो” धानको ब्रान्डिङमार्फत स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय पहिचान दिने प्रयास भइरहेको बताउनुभयो।

परिषद्का महासचिव तथा महोत्सव संयोजक जीवनराज सापकोटाले महोत्सवले कृषि र पर्यटनलाई एकै सूत्रमा जोड्दै स्थानीय अर्थतन्त्र र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो।

दुई दशकभन्दा बढी समयदेखि निरन्तर हुँदै आएको असारे रोपाइँ महोत्सव पोखराको कृषि संस्कृति र पर्यटन विकासलाई जोड्ने विशिष्ट पहिचानका रूपमा स्थापित हुँदै आएको छ।

सम्बन्धित खबर

विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

अर्थतन्त्रको गाँठो फुकाउन विस्तारकारी मौद्रिक नीति

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

देशभर मौसम सफा: कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो कोशी प्रदेश, गण्डक...

नेपालको मौसम आज बदली