पोखरामा २१औँ असारे रोपाइँ महोत्सव: कृषि र पर्यटनको संगममा हिलोको रौनक
कास्की, १४ असार — पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको किनार आज बिहानैदेखि असारे रोपाइँको रौनकले भरिएको थियो। मध्य असारको समयमा खेताला र बाउसेहरू धान रोपाइँमा व्यस्त देखिए भने गोरुले खेत हिलाउने, बीउ काढ्ने र रोपाइँ गर्ने कामले वातावरण झनै परम्परागत बनाएको थियो।
यस वर्षको विशेषता भने स्वदेशी कृषकसँगै
विदेशी पर्यटकको उल्लेखनीय सहभागिता रह्यो। विभिन्न देशबाट आएका पर्यटकहरूले
हिलोमै उत्रिएर धान रोपे, हिलो
खेल्दै रमाए र असारे भाकामा नाचगान गर्दै नेपाली ग्रामीण जीवनशैलीको प्रत्यक्ष
अनुभव लिए।
पोखरा पर्यटन परिषद्को आयोजनामा २१औँ
संस्करणको असारे रोपाइँ महोत्सव सम्पन्न भएको हो। भारत, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीनलगायतका देशका पर्यटकसँगै ठूलो
संख्यामा स्वदेशी आगन्तुकहरू पनि सहभागी थिए।
कार्यक्रममा सहभागीहरूले खेतमै धान
रोप्ने, हिलोमा फुटबल खेल्ने
र असारे गीतमा रमाउने अवसर पाए। आयोजकका अनुसार “पोखरा सबै मौसमका लागि” भन्ने
नारासहित पोखरालाई कृषि, पर्यटन
र मौलिक संस्कृतिको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना
गरिएको हो।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ
पहारीका अनुसार यस वर्ष असार १५ मा पूर्णिमा परेकाले र परम्परागत कारणले महोत्सव
एक दिनअघि आयोजना गरिएको हो। उहाँले यस्तो कार्यक्रमले विदेशी पर्यटकलाई नेपाली
कृषि संस्कृति र जीवनशैलीसँग नजिक ल्याउने बताउनुभयो।
महोत्सवको उद्घाटन गर्दै पोखरा महानगर
प्रमुख धनराज आचार्यले परम्परागत धान खेतीसँगै आधुनिकीकरण र व्यावसायिक उत्पादनमा
जोड दिइँदै आएको उल्लेख गर्नुभयो। उहाँले “पोखरेली जेठोबुढो” धानको
ब्रान्डिङमार्फत स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय पहिचान दिने प्रयास भइरहेको
बताउनुभयो।
परिषद्का महासचिव तथा महोत्सव संयोजक
जीवनराज सापकोटाले महोत्सवले कृषि र पर्यटनलाई एकै सूत्रमा जोड्दै स्थानीय
अर्थतन्त्र र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो।
दुई दशकभन्दा बढी समयदेखि निरन्तर हुँदै
आएको असारे रोपाइँ महोत्सव पोखराको कृषि संस्कृति र पर्यटन विकासलाई जोड्ने
विशिष्ट पहिचानका रूपमा स्थापित हुँदै आएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
अर्थतन्त्रको गाँठो फुकाउन विस्तारकारी मौद्रिक नीति
विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा
नेपालको मौसम आज बदली
बझाङमा भूकम्पको धक्का
काठमाडौं। बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको...
कात्तिक ६ गते बिहान ११ : ३९ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णयक समितिले २०८२ साल तिहार शुभ दीपावलीका लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौंमा...


