मङ्गल, ०३ चैत २०८२

निर्वाचन प्राथमिकतामा राख्नुको अर्थ सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा मौन बस्नु होइन : प्रधानमन्त्री

Main News Image

काठमाडौँ । नेपाल संवत् ११४६ को स्वागत कार्यक्रमका अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले देशलाई सुशासन र स्थायित्वको दिशामा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकी छन्। वसन्तपुरस्थित ऐतिहासिक समारोहमा बोल्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने तयारी सरकारद्वारा तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी पाएको छ। त्यसको तयारीमा हामी दत्तचित्त भएर लागेका छौँ।’ उनले विद्रोहपछिको राजनीतिक अवस्थालाई सामान्यीकरण गर्दै सबै पक्षसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै परिवर्तनका वाहक जेनजी समुदायसँग पनि सम्पर्कमा रहेको बताइन्।

 

सम्बन्धित खबर

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौँ : मन्त्री परियार

पर्सा । कृषि तथा पशुपन्छी विकास डा मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणालीलाई किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्नका लागि आवश्यक पर्ने अनलाइन संरचनाको विकास गर्न लागेको बताएका छन् । शनिबार पर्सा र बाराका कृषि र प...

सन्तोष, सुदन र मानुषीलगायतका नेता मिलेर दल दर्ता गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट राजीनामा दिएका नेता सन्तोष परियारले नयाँ राजनीतिक दल गठन गर्ने भएका छन् । उनले मानुषी यमी भट्टराई र सुदन किराँती लगायतका नेताहरूसँग मिलेर नयाँ पार्टी बनाउने तयारी थालेका...

एमाले महाधिवेशन : मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित

बागमती । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औं महाधिवेशनका लागि मकवानपुर क्षेत्र नं १ मा निर्वाचनमार्फत प्रतिनिधि चयन भएको छ । हेटौंडामा सम्पन्न निर्वाचनमा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित भएका छन् । महाधिव...

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताएकी छन् । वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्य...

कक्षा १२ नतिजामा त्रुटि भएको भन्दै अनेरास्ववियुद्वारा राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन

भक्तपुर — कक्षा १२ को नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै अनेरास्ववियुले छानबिनको माग गर्दै भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन गरेको छ।

बालुवाटारमा उच्चस्तरीय बैठक : सम्भावित चुनौतीबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । करिब दुई घण्टा चलेको...