मङ्गल, ०३ चैत २०८२

अबको हप्ता मनसुन सक्रिय हुने, सोमबारपछि देशभर वर्षा हुने

Main News Image

काठमाडौं, असार १३: हाल कमजोर रहेको मनसुन अबको हप्तादेखि उल्लेखनीय रूपमा सक्रिय हुने र देशका अधिकांश क्षेत्रमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले पनि केही स्थानमा भारी वर्षा भइरहेको छ भने मङ्गलबारपछि मनसुन थप सक्रिय भई केही क्षेत्रमा धेरै भारी वर्षासमेत हुने सम्भावना छ।

आज राति कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भोलि (आइतबार) राति पनि कोशी प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। साथै, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

यस्तै, आइतबार सुदूरपश्चिम प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पश्चिमी तराईका केही स्थानमा तातो लहर (हिटवेभ) को सम्भावना रहेको विभागले जनाएको छ।

सोमबारदेखि भने देशभर मनसुनको प्रभाव अझ बढ्नेछ। देशभर सामान्यदेखि पूर्ण बदली रहने, पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ भने कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको विभागले जनाएको छ।

सोमबार रातिदेखि मनसुन थप सक्रिय भई कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने जनाइएको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने विभागको पूर्वानुमान छ।

मौसमविद् धर्मराज उप्रेतीका अनुसार असार १४ देखि १७ गतेसम्म मनसुन थप सक्रिय हुने र असार १६ देखि १८ गतेसम्म व्यापक वर्षा भई धान रोपाइँका लागि अनुकूल वातावरण बन्ने अपेक्षा गरिएको छ। उहाँका अनुसार सोमबारपछि बाँकेदेखि कञ्चनपुरसम्म पश्चिम नेपालका अधिकांश क्षेत्रमा पनि राम्रो वर्षा हुनेछ।

सम्बन्धित खबर

दुर्गा प्रसाईंको दाबी __ फागुन २१ मा निर्वाचन हुँदैन

काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे । शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात एउटै रहेको टिप्पणी...

हुम्लाको नेप्का गाउँमा बाढी–पहिरोको वितण्डा, विद्यालयदेखि खेतीबालीसम्म व्यापक क्षति

हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा मंगलबार रा...

३९ सेकेन्डमै दुई शक्तिशाली भूकम्प, भेनेजुएलामा ठूलो विनाश

दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला बुधबार साँझ शक्तिशाली ‘सेस्मिक डबल क्लस्टर’ भूकम्पबाट प्रभावित भएको छ। स्थानीय समयअनुसार एक मिनेटभन्दा कम अन्तरालमा दुईवटा शक्तिशाली भ...

साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात

साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात

मामा–भान्जाबीचको विवाद हिंसात्मक, नरेफाँटमा छुरा प्रहार आरोपमा एक पक्राउ

काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा एक युवामाथि धारिलो हतियार प्रयोग ग...

सन्दीप चम्किएपछि कतारमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ । नेपालले टी–२० विश्वकप छनोट अन्तर्गतको रोमाञ्चक खेलमा कतारमाथि विजयी हुँदै महत्वपूर्ण सफलता हात पारेको छ। खेलको क्रममा नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै जितमा निर्णायक भूमिका खेले। उनको सटीक बलिङ र...