रवि लामिछाने आज रिहा हुँदै
काठमाडौँ । सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्थात् आज रिहा हुँदै छन् । अदालती प्रक्रिया पूरा गर्न बिहीबार सम्भव नभएकाले उनी आज रिहा हुन लागेका हुन् । उच्च अदालत, तुलसीपुरको भैरहवा अदालतले उनलाई जमानतमा रिहा गर्न भनेको थियो। जसअनुसार जिल्ला अदाललते उहाँको धरौटी स्वीकार गर्नुपर्ने हुन्छ ।
त्यसका लागि लामिछाने जिल्ला अदालत, रूपन्देही जानुपर्ने भएकाले आज मात्र छुट्न लागेका हुन् । जिल्ला अदालत, रूपन्देहीले बिहीबार नै लामिछानेलाई उपस्थित गराउन नक्खु कारागारलाई पत्राचार गरिसकेको छ । लामिछाने थुनामुक्त हुन भने केही प्रक्रिया पूरा हुनुपर्छ । पहिलो, उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रूपन्देहीमा पुग्नुपर्छ। उक्त आदेश शुक्रबार मात्रै जिल्ला अदालतमा पुग्नेछ ।
दोस्रो, आदेशपछि जिल्ला अदालतले रवि लामिछानेले बुझाउने भनेको बिगो बापतको दामासाहीको रकम र धरौटीको बैंक ग्यारेण्टीको रुजु गर्नेछ । त्यसपछि जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई झिकाउन कारागार प्रशासनमा चिठी लेख्नेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
काठमाडौँ । जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को आज औपचारिक घोषण सभा गरिँदैछ । घोषणा सभा दमकको आदिवासी रङ्गशालामा हुन लागेको राष्ट्रिय परिवर्तन पा...
को हुन् बालानन्द शर्मा ?
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनलाई आज साढे २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । पूर्वरथी शर्मा सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए...
प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ। आयोगले आज सूचना जारी गरी प्रतिनिधिसभाका लागि मङ्सिर १—१० र राष्ट्रियसभाका लागि मङ्...
आठ दलीय वाम एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी, चुनाव चिन्ह पाँचकुने तारा
काठमाडौँ । नेकपा माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पा...
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
जनकपुर । मधेश प्रदेश सरकारको नेतृत्वका लागि दलहरुलाई आह्वान गरेपछि मधेश प्रदेशमा दलहरुबीच गठबन्धन हुने क्रम जारी रहेको छ । सो क्रममा हिजो मध्यरातसम्म बसेको विभिन्न दलहरुको बैठकले लोसपाको...
आफूमाथि कुटपिट गर्नेविरुद्ध पूर्वसांसद गंगाले दिइन् प्रहरीमा उजुरी, माओवादीले कुटेको आरोप
दाङ । पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन् । बाटोसम्बन्धी विवादको क्रममा उनीमाथि उनकै गाउँले महिलाहरूले कुटपिट गरेका हुन् । राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा गंगाले एक महिलामाथि जाइलागेपछि अन्य महिलाल...



