मङ्गल, ०३ चैत २०८२

रास्वपामा पदाधिकारी चयनको प्रतिस्पर्धा रोचक, उपसभापतिमा स्वर्णिम निर्विरोध हुने निश्चितजस्तै

Main News Image

चितवन, १२ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन रोचक बनेको छ। खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुने निश्चितजस्तै भएको छ।

महिला उपसभापति पदका लागि भने सोविता गौतम र डा. तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।

महामन्त्री पदका लागि सुरुआतमा १० जनाले उम्मेदवारी दिएका थिए। उम्मेदवारहरूमा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल (ललितपुर), रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य रहेका थिए। तर अन्तिम समयमा बुर्लाकोटी र जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।

दुई सहमहामन्त्री पदका लागि ११ जनाको प्रतिस्पर्धा कायम छ। उम्मेदवारमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त रहेका छन्।

महिला सहमहामन्त्री पदका लागि जुली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।

पार्टीका अनुसार खुला उपसभापति बाहेक अन्य सबै पदमा आवश्यकभन्दा बढी उम्मेदवारी परेकाले सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास जारी छ। सहमति हुन नसके निर्वाचनमार्फत पदाधिकारी चयन गरिनेछ।

रास्वपाको विधानअनुसार पहिलो चरणमा निर्वाचित ९९ जना केन्द्रीय सदस्यले मात्र दोस्रो चरणको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था छ।

पार्टी निर्वाचन आयोगका प्रमुख भुवन केसीले पदाधिकारी चयनका लागि सहमतिको प्रयास भइरहेको जानकारी आएको भए पनि आयोगले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिरहेको बताएका छन्।

 

सम्बन्धित खबर

प्रधानमन्त्री कार्कीको सेनालाई निर्देशन : चुनावमा एक जना पनि घाइते नहोस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा ुएक थोपा पनि रगत नबग्ने र एक जना पनि घाइते नहुनेु सुनिश्चित गर्दै काम गर्न नेपाली सेनालाई निर्देशन दिएकी छन् । उनले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्...

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सर्लाही । सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजाको नाममा झन्डै सत्र लाख रुपैयाँ खर्च भएको खुलासा भएको छ । महालेखा परीक्षकको ६२औं प्रतिवेदनले पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा विविध खर्च शीर्षकमा अत्यधिक रकम खर्च गरी...

नयाँ पुस्ताको अपेक्षा अनुसार गतिशील बन्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्य प्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र...

सर्वोच्च अदालत आगामी मंसिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

काठमाडौँ । आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर...

आज देशभरबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

काठमाडौँ । नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि आज देशैभरि प्रतिनिधि छनोट गर्दै छ । विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान गरेर प्रतिनिधि चयन गरिने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । यसका लागि मंसिर ११ गते सबै निर्...

प्रचण्डको लगानी भन्दै रिसोर्टमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ

पोखरा । जेन–जी आन्दोलनको क्रममा पोखराको लेकसाइडमा रहेको बरपिपल रिसोर्टमा आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा २९ वर्षीय रूपक नेपाली,...