भन्सार छली ल्याइएका रु २४ लाखका आईफोन बरामद
लुम्बिनी, १४ असारः नियमित गस्तीमा रहेको प्रहरी टोलीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब रु २४ लाख मूल्यका आईफोन बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार रुपन्देहीको ओमसतिया गाउँपालिका–४, सानो बालापुर क्षेत्रमा गरिएको गस्तीका क्रममा रु २३ लाख ९० हजार बराबरका एप्पल कम्पनीका विभिन्न मोडलका आईफोन बरामद गरिएको हो।
बरामद गरिएका मोबाइल थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
ओलीलगायतको राहदानी रोक्का र स्थानहद विरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का गर्ने र उनीहरूलाई निश्चित स्थाबभन्दा बाहिर जान रोक लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा...
लिचिबारी भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गुप्तासँग सर्वोच्चद्वारा ५० लाख धरौटी माग
धनुषामा बस र अटो रिक्सा ठोक्किँदा ४ जनाको मृत्यु!
मिडियाबाजी डटकम काठमाडौँ ,कात्तिक १६ । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ ।
अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ...
जिप दुर्घटनामा पर्वतका वडासदस्य पौडेलको ज्यान गयो
पर्वत । <...



