मङ्गल, ०३ चैत २०८२

पोखरामा गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

Main News Image

कास्की, १३ असार : पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। महिला क्रिकेटको विकास र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद्को सहकार्यमा प्रतियोगिता सञ्चालन गरिएको हो।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा स्याङ्जाले नवलपुरलाई ९६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२७ रन बनायो। टोलीका लागि सलिना सेनले सर्वाधिक ४० रन बनाइन् भने अरमिना अधिकारीले ३० र सिमाना केसीले १२ रनको योगदान दिइन्। रञ्जना साउद पाँच तथा अन्तिमा विश्वकर्मा छ रनमा अविजित रहे। स्याङ्जाले अतिरिक्तबाट २७ रन प्राप्त गरेको थियो।

नवलपुरका श्रेया शर्माले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिइन्। निहारिका शर्माले दुई तथा आयुष्मा चापागाईंले एक विकेट हात पारिन्।

१२८ रनको लक्ष्य पछ्याएको नवलपुर ९ ओभर ५ बलमा ३१ रनमै समेटियो। नवलपुरका कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् भने अतिरिक्तबाट आएको १४ रन नै टोलीको दोस्रो ठूलो स्कोर रह्यो।

स्याङ्जाको जितमा सिमाना केसी र निरु जीटीले समान तीन–तीन विकेट लिए भने कुसुम गोदारले दुई र रञ्जना साउदले एक विकेट झारे। ब्याटिङमा १२ रन र बलिङमा तीन विकेट लिएकी सिमाना केसी ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

प्रतियोगितामा कास्की, स्याङ्जा, नवलपुर, बागलुङ र पर्वतका पाँच टोलीको सहभागिता रहेको छ। प्रतियोगिता ‘राउण्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुने आयोजक गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रतियोगिताले महिला क्रिकेटको स्तर उकास्न, खेलाडीको क्षमता अभिवृद्धि गर्न तथा नयाँ प्रतिभा उत्पादनमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य रवीन्द्रबहादुर प्रजुले खेलकुद क्षेत्रको बजेट घट्दै जानु चिन्ताको विषय भएको बताउँदै खेलाडीलाई अनुशासित, प्रतिस्पर्धी र खेलभावनासहित उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो।

प्रतियोगिता असार १७ गतेसम्म सञ्चालन हुनेछ।

सम्बन्धित खबर

एनपीएलः आज कर्णाली र काठमाडौं भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईमा जारी एसीसी पुरुष यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ। यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । नेपाल समूह ‘ए’ को...

स्पेन प्रकरण छानबिन गर्न गृह मन्त्रालयमा बस्दैछ आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

विश्वकप २०२६: इरानको साहसी प्रतिरोध, काबो भेर्डेको ऐतिहासिक चम्किलो प्रदर्शन

फिफा विश्वकप २०२६ अन्तर्गत आइतवार भएका दुई खेलले समर्थकलाई फरक–फरक अनुभव दिलाए। एउटा खेल गोलरहित बराबरीमा टुंगियो...

तेक्वान्दोका समर्पित योद्धा राम गिरी : तीन दशकको यात्रापछि संघको केन्द्रीय उपाध्यक्षमा आरोहण

काठमाण्डौँ । तेक्वान्दो खेलसँग जीवनको तीन दशकभन्दा बढी समय समर्पण गरेका युवा उद्यमी तथा समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनीत भएका छन् । संघको सौराहामा सम्पन्न पाँचौँ अधिवेशनपछि अध्यक्ष...

राष्ट्रिय महिला फुटबल टीमको विदाई, चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य

काठमाडौँ । इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमलाई विदाई गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय...