वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन पक्राउ, बैंकिङ कसुरका फरार प्रतिवादी पनि नियन्त्रणमा
काठमाडौं, १३ असार: आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार पक्राउ पर्नेमा बाराका गगनबहादुर स्याङ्तान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरी रहेका छन्।
प्रहरीका अनुसार गगनबहादुरले माल्दिभ्स पठाइदिने भन्दै चार जनाबाट रु ४ लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिने भन्दै एक जनाबाट रु ३ लाख ९० हजार र बलबहादुरले क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट रु १ लाख उठाएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई काठमाडौं र ललितपुरबाट पक्राउ गरेको हो।
पक्राउ परेका गगनबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने निर्जल र बलबहादुरलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
यसैबीच, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी इलामको देउमाई नगरपालिका–२ निवासी कृष्णकुमार राई पनि पक्राउ परेका छन्।
जिल्ला अदालत इलामबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका राईलाई काठमाडौं–१४ बल्खुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो
विराटनगर । झापाको शिवशताक्षी नगरपालिका-१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण रहस्यमय हुँदै गएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा सुन कारोबारको प्रलोभन देखाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ। प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी...
पोखरामा तास खेल्ने–खेलाउनेसहित २० जना पक्राउ
काठमाडौं । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको गोप्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पोखरा ९ नयाँबजारबाट ५ जना पक्राउ...
देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
१० जना भीआईपीलाई ज्यान मार्ने धम्की दिने समूहका तीन जना पक्राउ,प्रमुख आरोपी फिलिपिन्समा, आशंका प्रदीप अधिकारीमाथि
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका तीनजना पक्राउ परेका छन् । उक्त समूहका मुख्य अभियुक्त फिलिपिन्समा रहेको खुलेको छ । धम्कीपूर्ण पत्र पठाउने...
चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी...
नेपाल प्रहरी लेखिएको पेस्तोलसहित तीनजना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार...



