मङ्गल, ०३ चैत २०८२

बागमती नदीमा डुबेर दुई बालकको मृत्यु

Main News Image

चन्द्रपुर (रौतहट), असार १४: रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा गढीमाई नगरपालिका–१ समनपुर हरैयाका भन्टु राय यादवका आठ वर्षीय छोरा अनिकेश यादव र सोही गाउँका सुरेश यादवका आठ वर्षीय छोरा आदित्य यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार दुवै बालक गाउँ नजिकै रहेको बागमती नदीमा नुहाउन गएका बेला डुबेका हुन्।

बालकहरू हराएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक मुना पासवानको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजीकार्य गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

विवाद चर्किएपछि एमालेले फिर्ता गर्‍यो मीनबहादुरको जग्गा प्रस्ताव

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरूङ बाट प्राप्त जग्गा सहयोगको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने तयारी गरेको छ। सोमबार बसेको सचिवालय...

तनहुँमा वन्यजन्तु–मानव द्वन्द्व : नौ वर्षमा १७ बालबालिकाको ज्यान गयाे

तनहुँ जिल्लामा पछिल्लो नौ वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट १७ जना बालबालिकाले ज्यान ग...

साउदीसँग श्रममन्त्री यादवको आग्रह : नेपाली श्रमिकको भिसा नरोकिने व्यवस्था गर्न अनुरोध

काठमाडौं, असार १३ — युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरसँग शिष्टाचार भेटवार्ता गर्दै नेपाली श्रमिकसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नुभएको छ।

भेटका क्रममा मन्त...