मङ्गल, ०३ चैत २०८२

अमेरिका–इरानबीच आक्रमण रोक्ने सहमति, कतारमा वार्ता पुनः सुरु हुने

Main News Image

वाशिङटन, १५ असार : अमेरिका र इरानले तत्कालका लागि एकअर्कामाथिको सैन्य आक्रमण रोक्ने सहमति गरेका छन्। साथै, मध्यपूर्वमा बढ्दो तनाव अन्त्य गर्ने उद्देश्यले दुवै पक्षबीच कूटनीतिक वार्ता निरन्तर अघि बढाउने सहमति भएको अमेरिकी अधिकारीले जानकारी दिएका छन्।

अमेरिकी अधिकारीका अनुसार जुन १७ मा भएको संवेदनशील समझदारीपत्र कार्यान्वयनमा रहे पनि पछिल्ला केही दिनमा दुवै देशले एकअर्कामाथि आक्रमण गरेका थिए। फेब्रुअरीको अन्त्यदेखि सुरु भएको द्वन्द्वले विश्वकै महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलडमरु हुँदै हुने अन्तर्राष्ट्रिय ढुवानीमा समेत असर पारेको थियो।

समझदारीअनुसार इरानले हर्मुज जलडमरुबाट व्यावसायिक जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति गरेको बताइएको छ।

"समझदारीका सबै पक्षमा प्राविधिक तहको वार्ता जारी रहनेछ। हालका लागि दुवै पक्षले सैन्य हमला रोकेका छन् र समुद्री यातायात सामान्य रूपमा सञ्चालन हुन सक्ने अवस्था बनेको छ," अमेरिकी अधिकारीले एएफपीलाई इमेलमार्फत बताएका छन्।

वार्ताको मिति र स्थानबारे औपचारिक जानकारी नदिइए पनि दुई अमेरिकी अधिकारी र एक जानकार स्रोतलाई उद्धृत गर्दै एक्सिओसले मंगलबार कतारमा वार्ता पुनः सुरु हुने जनाएको छ। सीएनएनले पनि ट्रम्प प्रशासनका एक अधिकारीलाई उद्धृत गर्दै दोहामा थप छलफल हुने र त्यसअघि दुवै पक्षले आक्रमण स्थगित गर्ने सहमति भएको उल्लेख गरेको छ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आक्रमण जारी राखेमा अमेरिका पुनः सैन्य कारबाही गर्न बाध्य हुने चेतावनी दोहोर्‍याएका छन्। शनिबार उनले आवश्यकता परे युद्ध पुनः सुरु गरिने र त्यसो भए इरानको अस्तित्व नै संकटमा पर्न सक्ने अभिव्यक्ति दिएका थिए।

पाकिस्तानको मध्यस्थतामा युद्ध अन्त्य गर्ने समझदारीमा हस्ताक्षर भए पनि त्यसपछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै प्रतिआक्रमण गरेका थिए।

आइतबार बिहान भएको पछिल्लो घटनामा अमेरिकी सेनाले व्यावसायिक जहाजमाथि इरानी आक्रमण जारी रहेको दाबी गर्दै इरानका १० सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको थियो। त्यसको प्रत्युत्तरमा इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य शिविरलाई निशाना बनाएको जनाएको छ।
 

सम्बन्धित खबर

दिल्लीको ‘फ्लोरिस स्टे’ होटलमा भीषण आगलागी: २१ जनाको मृत्यु, दर्जनौँ घाइते

भारतको राजधानी नयाँदिल्लीस्थित दक्षिणी क्षेत्रमा रहेको एक भीडभाडयुक्त बस्तीमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ४० भन्दा बढी घाइते भएका छन्।

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

भेनेजुएलामा भूकम्पपछि उद्धार संघर्ष जारी, मृतक संख्या १,४३० पुग्यो

भेनेजुएलामा गएको शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धार टोलीहरू भग्नावशेषमा बाँचेकाहरूको खोजीमा निरन्तर खटिरहेका छन्। समय बित्...

लेबनानमा इजरायली बमबारी तीव्र: एकैदिन १८ को मृत्यु, युद्धविराम कागजमै सीमित

.दक्षिणी र पूर्वी लेबनानमा इजरायली सेनाले बमबारी तीव्र पारेसँगै मानवीय सङ्कट थप गहिरिएको छ। पछिल्लो हवाई आक्रमणमा मात्रै दुई बालिका र एक महिलासहित १८ जनाले ज्यान गुमाएका छन् भ...

होर्मुज जलमार्गमा इरानी ड्रोनविरुद्ध अमेरिकी सेनाको रक्षात्मक कारबाही

अमेरिकी सेनाले होर्मुज जलमार्ग क्षेत्रमा इरानका दुई ड्रोन खसालिएको जनाएको छ। अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि जोखिम उत्पन्न गरिरहेको भन्दै ती ड्रोनहरूलाई निष्क्रिय पारिएको सीएनएनले उल्लेख गरेको छ।...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।