मङ्गल, ०३ चैत २०८२

चिर्खाङमा चट्याङ लागेर ३९ वर्षीया महिलाको मृत्यु

Main News Image

किमाथाङ्का (सङ्खुवासभा), १४ असारसङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार आज परेको वर्षा र हुरीसँगै आएको चट्याङ लागेर ३९ वर्षीया कुमारी राईको मृत्यु भएको हो।

घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लाग्दा राई गम्भीर घाइते हुनुभएको थियो। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुमतर्फ ल्याउँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

राईको शव जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ। शवपरीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ।

 

सम्बन्धित खबर

प्रधानमन्त्रीको अनुपस्थितिमा फेरि संसद अवरुद्ध

विवाद चर्किएपछि एमालेले फिर्ता गर्‍यो मीनबहादुरको जग्गा प्रस्ताव

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरूङ बाट प्राप्त जग्गा सहयोगको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने तयारी गरेको छ। सोमबार बसेको सचिवालय...

रेसुङ्गा–६ मा भीषण आगलागी, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा ठूलो क्षति टर्‍यो

गुलमी । गुल्मीको रेसुङ्गा नगरपालिका–६ अन्तर्गत छाप र नेटाखर्क क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागीका कारण स्थानीयवासी त्रसित बनेका थिए भने बस्तीमा क्षति पुग्ने जोखिम बढेको थियो ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्मीबाट खटिएको...

गुल्मीमा भीषण हावाहुरीको कहर : सयौँ परिवार प्रभावित, संसदमा सांसद पन्थीको ध्यानाकर्षण

गुल्मी जिल्लाको मालिका गाउँपालिका मा गएराति आएको आकस्मिक हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। राति करिब ८ बजेदेखि ९ बजेको...

पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

एमालेमा हलचल, तर खुल्न डर

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...