चिर्खाङमा चट्याङ लागेर ३९ वर्षीया महिलाको मृत्यु
किमाथाङ्का (सङ्खुवासभा), १४ असार — सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय
सङ्खुवासभाका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार आज परेको वर्षा र हुरीसँगै
आएको चट्याङ लागेर ३९ वर्षीया कुमारी राईको मृत्यु भएको हो।
घरमा रहेको मिटर बक्स बन्द
गर्ने क्रममा चट्याङ लाग्दा राई गम्भीर घाइते हुनुभएको थियो। उपचारका लागि
प्राथमिक स्वास्थ्य केन्द्र नुमतर्फ ल्याउँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको
प्रहरीले जनाएको छ।
राईको शव जिल्ला अस्पताल
सङ्खुवासभा ल्याइएको छ। शवपरीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
स्थानीय लहिनो गाई जोगाउन मदानेको पहल, किसानलाई प्रतिगाई वार्षिक दुई हजार रुपैयाँ प्रोत्साहन
माइतीघरमै जम्मा भए एमाले प्रदर्शनकारी (तस्वीरहरू)
माइतीघरमै जम्मा भए एमाले प्रदर्शनकारी (तस्वीरहरू)१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू माइतीघरमा जम्मा भएका छन् ।
दिउँसो ३ बजेदेखि माइतीघर–बबरमहल क्षेत्रमा एमालेका कार्यक...
स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाको सवारी दुर्घटनामा मृत्यु
लुम्बिनी, १३ असारः प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाको सवारी दुर्घटनामा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार उपप्रमुख रानाले आज...
धरानमा अत्याधुनिक ‘स्मार्ट बसपार्क’ सञ्चालनमा, सार्वजनिक यातायात अब थप व्यवस्थित हुने अपेक्षा
धरान, असार १३
भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली
भारतीय कारमा नेपाली नम्बर प्लेट टाँसेर गुड्दै थिए, भेडेटारमा पक्राउ
धनकुटामा भारतीय दर्ताको सवारी साधनमा अवैध रूपमा नेपाली नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।


