मङ्गल, ०३ चैत २०८२

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाको सवारी दुर्घटनामा मृत्यु

Main News Image

लुम्बिनी, १३ असारः प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाको सवारी दुर्घटनामा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार उपप्रमुख रानाले आज नगरपालिकाको लु.प्र.०१–००१ झ ०००८ नम्बरको बोलेरो पिकअप आफैँ चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।

स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसाल सडकखण्डको ‘जिपखाल’ भन्ने स्थानमा गाडी अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि क्रेनको सहायताले गाडी निकालिएको र गम्भीर घाइते भएका उपप्रमुख रानालाई उद्धार गरी उपचारका लागि भिङ्ग्री अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका डीएसपी अधिकारीले जानकारी दिनुभयो।

सम्बन्धित खबर

अर्थमन्त्री अनुपस्थित हुँदा प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

मंगलबार बसेको प्रतिनिधिसभा बैठक अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित...

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक फेरि स्थगित, शनिबार बिहान ११ बजे बस्ने

विद्यालयबाट घर फर्कंदै गरेका दुई बालकलाई भेलले बगायो, एकको मृत्यु, अर्का अझै बेपत्ता

प्युठानको नौबहिनी गाउँपालिका–५ डाम्री काँटेमा वर्षासँगै आएको आकस्मिक बाढीले दुई बालकलाई बगाउँदा एक जनाको ज्यान गएको छ भने अर्का बालक अझै बेपत्ता रहेका छन्।

स्थानीय याम बहादुर खत्रीका दुई छोरा, कक्षा १ मा अध्ययनरत करिब ७ वर्षीय बिमल खत्री...

चिर्खाङमा चट्याङ लागेर ३९ वर्षीया महिलाको मृत्यु

देवधार खोलाको दहमा डुबेर १४ वर्षीया आयुसाको दुःखद निधन

उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–९ स्थित देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु भएको छ।