स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाको सवारी दुर्घटनामा मृत्यु
लुम्बिनी, १३ असारः प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाको सवारी दुर्घटनामा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार उपप्रमुख रानाले आज नगरपालिकाको लु.प्र.०१–००१ झ ०००८ नम्बरको बोलेरो पिकअप आफैँ चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।
स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसाल सडकखण्डको ‘जिपखाल’ भन्ने स्थानमा गाडी अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि क्रेनको सहायताले गाडी निकालिएको र गम्भीर घाइते भएका उपप्रमुख रानालाई उद्धार गरी उपचारका लागि भिङ्ग्री अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका डीएसपी अधिकारीले जानकारी दिनुभयो।
एक्सप्रेस
सम्बन्धित खबर
लेखकको गृहजिल्ला कञ्चनपुर कांग्रेसले बोलायो बैठक
१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको हो ।
जिल्ला सचिव भीम भट्टले शनिबार दिउँसो साढे ३ बजेका लागि आकस्मिक...
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा(नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध ह...
धर्म वा समुदायलाई होच्याउने आशय नरहेको प्रधानमन्त्री कार्कीको स्पष्टीकरण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् । सामाजिक सञ्जाल ९फेसबुक० मार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको...
नेपालको मौसम आज बदली
इरानको कुर्दिस्तानमा प्रहरी चौकीमाथि गोली प्रहार : दुई अधिकारीको मृत्यु, दुई घाइते
तेहरान, १३ असार । इरानको पश्चिमी कुर्दिस्तान प्रान्तमा रहेको प्रहरी चौकीमा अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा दुई...
नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए । दुर्घटना हुँदा बसमा चेपिएका चालकको उद्ध...



