बुङ्मतीको संस्कृति झल्काउने ‘भागदौड’ असार २६ देखि प्रदर्शनमा
काठमाडौँ, १४ असार : बुङ्मतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति र विभिन्न समुदायबीचको सहअस्तित्वलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘भागदौड’ यही असार २६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
चलचित्रका अभिनेता विशाल
पोखरेलले परम्परागत मूल्य–मान्यता र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई कथावस्तुमा
समेटिएको बताउनुभयो। चलचित्रमा प्रहरीको भूमिका निर्वाह गरेका उहाँले यो पात्र
आफ्नो बाल्यकालदेखिको सपना साकार भएको अनुभवसमेत सुनाउनुभयो।
“पहिलो पटक प्रहरीको भूमिकामा अभिनय गर्ने अवसर पाएँ।
सानैदेखि प्रहरी बन्ने चाहना थियो, चलचित्रमार्फत त्यो सपना
पूरा भएको महसुस गरेको छु,”
उहाँले भन्नुभयो।
पोखरेलका अनुसार प्रहरीको
चरित्र नै आफू चलचित्रमा आबद्ध हुनुको मुख्य कारण बनेको हो।
हिमाल उप्रेतीको लेखन तथा
निर्देशनमा बनेको चलचित्रमा विशाल पोखरेलसँगै अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई
(सारा), शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शङ्कर महर्जन र
सुवास तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रका प्रस्तुतकर्ता
विश्वराम विष्टले मनोरञ्जनसँगै सामाजिक सन्देश दिने उद्देश्यले चलचित्र निर्माण
गरिएको बताउनुभयो। दर्शकको रुचि र अपेक्षालाई ध्यानमा राख्दै निर्माणमा कुनै
सम्झौता नगरिएको उहाँको भनाइ छ।
चलचित्रमा अङ्गिरा थापा
कार्यकारी निर्माता रहनुभएको छ भने भूपेन्द्रकुमार खड्का, सागर पुरी र
सुरेश गिरी सहनिर्माताका रूपमा आबद्ध हुनुहुन्छ।
एक्सप्रेस
सम्बन्धित खबर
एमालेमा हलचल, तर खुल्न डर
मोडल आँचल नाथ आत्महत्या प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । टिकटकर तथा मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । जिल्ला अदाल...
राजमार्गले चोला फेर्यो, हर्षले सास्ती बिर्सायो
पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी
आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु
काठमाडौँ । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो...
गायिका नित्याशिवाले चुमिन् ओप्सना अवार्ड २०२५
मिडियाबाजी डटकम काठमाडौँ मंसिर ७।"ओप्सना फिल्म्स तथा म्युजिक अवार्ड २०२५" मा गायिका नित्याशिवा 'फिदा' चलचित्रको मुटुमै हान्यो मायाले गीतबाट अवार्ड चुम्न सफल भएकी छिन्।
उनले ओप्सना फ...



