मङ्गल, ०३ चैत २०८२

बुङ्मतीको संस्कृति झल्काउने ‘भागदौड’ असार २६ देखि प्रदर्शनमा

Main News Image

काठमाडौँ, १४ असार : बुङ्मतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति र विभिन्न समुदायबीचको सहअस्तित्वलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र भागदौड’ यही असार २६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

चलचित्रका अभिनेता विशाल पोखरेलले परम्परागत मूल्य–मान्यता र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई कथावस्तुमा समेटिएको बताउनुभयो। चलचित्रमा प्रहरीको भूमिका निर्वाह गरेका उहाँले यो पात्र आफ्नो बाल्यकालदेखिको सपना साकार भएको अनुभवसमेत सुनाउनुभयो।

पहिलो पटक प्रहरीको भूमिकामा अभिनय गर्ने अवसर पाएँ। सानैदेखि प्रहरी बन्ने चाहना थियो, चलचित्रमार्फत त्यो सपना पूरा भएको महसुस गरेको छु,” उहाँले भन्नुभयो।

पोखरेलका अनुसार प्रहरीको चरित्र नै आफू चलचित्रमा आबद्ध हुनुको मुख्य कारण बनेको हो।

हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा विशाल पोखरेलसँगै अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शङ्कर महर्जन र सुवास तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रका प्रस्तुतकर्ता विश्वराम विष्टले मनोरञ्जनसँगै सामाजिक सन्देश दिने उद्देश्यले चलचित्र निर्माण गरिएको बताउनुभयो। दर्शकको रुचि र अपेक्षालाई ध्यानमा राख्दै निर्माणमा कुनै सम्झौता नगरिएको उहाँको भनाइ छ।

चलचित्रमा अङ्गिरा थापा कार्यकारी निर्माता रहनुभएको छ भने भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी सहनिर्माताका रूपमा आबद्ध हुनुहुन्छ।

सम्बन्धित खबर

दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन

काठमाडौँ । समाचार एजेन्सी आईएएनएसका अनुसार वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको छ । रिपोर्टका अनुसार, ८९ वर्षीय धर्मेन्द्रले सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा अन्तिम सास फेरे । उनको अन्त्येष्टि विले पार्ले श्मशानघाटमा...

नेपालको मौसम आज बदली

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

फरक अवतारमा रश्मिका,यस्तो छ 'मैसा'को पहिलो झलक !

काठमाडौँ । दक्षिण भारतीय फिल्म मैसाको पहिलो झलक सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार पहिलो झलकस्वरूप टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेत्री रश्मिका मन्दाना यसअघि देखिँदै आएको रोमान्टिक छविभन्दा फरक अवतारमा प्रस्तुत छिन् । उनी गम्भीर भ...

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी