मङ्गल, ०३ चैत २०८२

पाँच वर्षमा क्यान्सरका बिरामी झन्डै दोब्बर, जनचेतनाको अभाव मुख्य कारण

Main News Image

काठमाडौं, असार १३ — नेपालमा पछिल्लो पाँच वर्षमा क्यान्सरका बिरामीको संख्या झन्डै दोब्बर पुगेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका अनुसार सरकारले उपचार सहुलियत उपलब्ध गराएका क्यान्सरका बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको हो।

महाशाखाका निर्देशक हिरादेवी निरौलाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा उपचार सहुलियत लिने क्यान्सरका बिरामी १५ हजार १८७ जना रहेकामा आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर २८ हजार ६७८ पुगेको छ।

उहाँले क्यान्सर बढ्नुको प्रमुख कारण जनचेतनाको अभाव रहेको बताउँदै सरकारले मात्र होइन, नागरिक समाजले समेत रोकथाम र सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

महाशाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा १९ हजार ३१, २०७९/८० मा १६ हजार ६९६ र २०८०/८१ मा २२ हजार १५३ जना बिरामीले उपचार खर्चबापत सरकारी सहुलियत प्राप्त गरेका थिए।

हाल विपन्न नागरिक औषधि उपचार कोषमार्फत क्यान्सरका बिरामीलाई एक लाख रुपैयाँसम्म उपचार सहायता उपलब्ध गराइँदै आएको छ। प्रदेश सरकारले पनि थप एक लाख रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

महाशाखाका अनुसार नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन, पेट तथा आन्द्राको क्यान्सर प्रमुख रूपमा देखिने गरेका छन्। पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिने भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार अत्यधिक मद्यपान, सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थ खानपान, व्यायामको कमी, मोटोपन, विकिरण, जीवाणु तथा वंशाणुगत कारणले क्यान्सरको जोखिम बढ्ने गर्छ।

उहाँले सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त आराम तथा धुम्रपान–मद्यपानबाट टाढा रहन सके क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने बताउनुभयो।

सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (HPV) खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ। साथै भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा सञ्चालन हुँदै आएको छ।

सम्बन्धित खबर

उपभोक्ता अदालतमा मेडिकल सम्बन्धी उजुरी बढ्दो, ३२ उजुरीमध्ये १२ मेडिकल क्षेत्रकै

काठमाडौँ । पछिल्लो सयम उपभोक्ता अदालतमा स्वास्थ्य क्षेत्र वा मेडिकल सम्बन्धी उजुरीहरु बढ्दो क्रममा छन्। गत चैत्र २ गते गठन भई नौं महिना पुगेको उपभोक्ता अदालतमा हालसम्म ठगी सम्बन्धी कुल ३२ ओटा उजुरीहरु परेका छन् । जसमध्ये मेडिकल लापरबाहीका १२ वटा उ...

राजमार्गले चोला फेर्‍यो, हर्षले सास्ती बिर्सायो

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

निःशुल्क स्वास्थ्य पोर्टलबाट १,२०० भन्दा बढी विपन्न नागरिक लाभान्वित

विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ प्रभावकारी बन्दै गएको छ। गत वैशाख ३ गतेदेखि सञ्चालनमा आएको उक्त अनलाइन प्रणालीमार्फत हालसम्म १,२०० भन्दा बढ...

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

एमालेमा हलचल, तर खुल्न डर

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...