महाधिवेशन प्रतिनिधि छनौटको विषयमा एमाले नेताबीच कुटाकुट
- सुनसरी । नेकपा एमाले सुनसरी क्षेत्र नम्बर–१ मा महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर नेताहरूबीच कुटाकुट भएको छ । पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरीका जिल्ला कमिटी सदस्य अनिल राजधामीमाथि एमालेकै अर्को समूहले कुटपिट गरेको खुलेको हो । युवा संघ कोसी इञ्चार्ज दिवस राई र अनिल राजधामीले महाधिवेशनमा युवा तर्फका प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए। उम्मेदवारी दर्तासँगै संगठनभित्र चर्किएको प्रतिस्पर्धा सडकसम्म झरेको देखिएको छ।
- एमाले धरान कार्यालय नजिकै बिहीबार बेलुका दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राई सहितको समूहले राजधामीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोप लागेको छ । कुटपिटपछि एमालेका अन्य कार्यकर्ताले उनलाई उद्धार गरी बिजयपुर अस्पतालमा भर्ना गरेका थिए। उपचारपछि राजधामी डिस्चार्ज भएका छन्। घाइते राजधामीले भने आफूलाई योजनाबद्ध रूपमा आक्रमण गरिएको तथा दिवस र विवेकको समूहले कुटपिट गरेर अनुहारमै गम्भीर चोट पुर्याएको भन्दै कडा आपत्ति जनाएका छन्।
- एमालेको ११औँ महाधिवेशन यही मंसिर २७ देखि २९ सम्म भक्तपुर र काठमाडौंमा हुँदै छ । महाधिवेशनका लागि प्रतिनिधि छनौट कहीँ सर्वसम्मत र कहीँ प्रतिस्पर्धाबाट भइरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित : आगामी मंगलबार बस्ने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । आइतबार साढे ११ बजे बस्ने तय भएको बैठक पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहटका पूर्वजिल्ला सभापति मोहम्मद आफ्ताव आलमको निधनका कारण स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद...
निर्वाचन आयोगको कार्यतालिका दलहरूले किन गरे अस्वीकार ?
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार राजनीतिक दलहरूसँग छलफल गर्यो । छलफलका क्रममा आयोगले निर्वाचनको कार्यतालिकासमेत प्रस्ताव गरेको थियो । जसअनुसार उम्मेदवार मनोनयन...
रास्वपाको विस्तारित बैठक : घोषित मितिमा निर्वाचन गर्न जोड
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुईदिने विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारी...
दुर्गा प्रसार्ईं थुनामुक्त
काठमाडौँ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त भएका छन् । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले रिट जारी गरेसँगै उनी थुनामुक्त भएका हुन् । प्रसाईंलाई गैरकानु...
रेवती गुरुङ बनिन् लुम्बिनी प्रदेशकी सांसद
काठमाडौँ । लुम्बिनी प्रदेश सभाले पूर्णता पाएको छ । भदौ महिनामा एमालेबाट समानुपातिक सांसद बनेकी सरिता पुनको निधनपछि खाली रहेको स्थानमा सोमबार रेवती गुरुङ नियुक्त भएकी छन् । प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष गुरु...
केन्द्रीय कार्यालयका घरबेटी तथा रविका विज्ञ सल्लाहकारले त्यागे रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अनुशासन आयोगका पूर्वप्रमुख तथा केन्द्रीय कार्यालय रहेको घरधनी डा। भरतमणि देवकोटाले पार्टी त्यागेका छन्। रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीस्थित चमती–१६ मा डा। देव...



