मङ्गल, ०३ चैत २०८२

मर्मतपश्चात् अप्पर माई जलविद्युत आयोजनाबाट पुनः उत्पादन सुरु

Main News Image

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ९.९८ मेगावाट क्षमताको अप्पर माई जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु भएको छ।

गत वैशाख ७ गते दिउँसो ३ बजे आयोजनाको टनेल आउटलेटमा रहेको मेन होल आकस्मिक रूपमा फुटेपछि आयोजनाबाट हुने विद्युत उत्पादन पूर्ण रूपमा ठप्प भएको थियो। कम्पनीका अनुसार, क्षति पुगेको संरचनाको मर्मत सम्भार र आवश्यक प्राविधिक परीक्षण सम्पन्न गरी जेठ ७ गते बिहान १० बजेदेखि आयोजनालाई पुनः नियमित सञ्चालनमा ल्याइएको हो।

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार, यस आयोजनाबाट मात्रै हालसम्म २९ करोड १६ लाख रुपैयाँभन्दा बढीको विद्युत बिक्री भइसकेको छ। प्राविधिक क्षतिका कारण करिब एक महिना बन्द रहे पनि आयोजना सञ्चालनमा आएसँगै कम्पनीको विद्युत बिक्री आम्दानी पुनः निरन्तर हुने भएको छ।

 

सम्बन्धित खबर

प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफल असार १–२ मा, मन्त्रीहरूको जवाफ असार ३–४ गते

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल आगामी असार १ र २ गते सञ्चालन हुने भएको छ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते दिने कार्यतालिका तय गरिएको छ।

काठमाडौं महानगरको आगामी वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट असार ४ गते आउने

 काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
सोमबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। यसअघि आइतबार बसेको बैठकमा कार्यवाहक प्र...

नेप्सेमा उत्साह कायम : परिसूचक २७.८५ अंकले उकालो, कारोबार रकम झन्डै ६ अर्ब

काठमाडौँ — साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सच...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

स्पेन प्रकरण छानबिन गर्न गृह मन्त्रालयमा बस्दैछ आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...