मनमैजुमा हात्तीको दाह्रासहित ५ जना पक्राउ, ट्रामाडोल पनि बरामद
काठमाडौंको मनमैजु क्षेत्रमा हात्तीको दाह्रा बिक्री वितरण गर्ने तयारी भइरहेको सूचनाका आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा
काठमाण्डुका २५ वर्षीय राजिव महर्जन, २६ वर्षीय टेकप्रसाद गुरुङ, २७ वर्षीय आयुष
महर्जन, २४ वर्षीय पुरन बोहरा र २० वर्षीय
सन्तबहादुर भुजेल रहेका छन्।
प्रहरीका अनुसार
राजिव महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा दुई थान हात्तीका
दाह्रा फेला परेको थियो। ती दाह्रा राष्ट्रपति कार्यालयबाट चोरी भएको हुनसक्ने
प्रारम्भिक निष्कर्ष पनि प्रहरीले सार्वजनिक गरेको छ। गत भदौ २३ र २४ गते भएको
जेनजी आन्दोलनका क्रममा राष्ट्रपति निवासमा तोडफोड र आगजनी भएको घटनासँग यो विषय
जोडिएको बताइएको छ।
त्यस्तै, पक्राउ परेकाहरूको साथबाट लागुऔषध ट्रामाडोलका १५०
ट्याब्लेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण
ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार थप अनुसन्धान
तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या
जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गर...
पूर्वसचिव सङ्गीता मिश्रविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर
काठमाडौँ । पूर्वसचिव डा सङ्गीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दाको समयमा गरिएको खरिद प्रक्र...
सप्तरीमा पुजारीको गोली हानि हत्या
सर्लाही । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ। शनिबार राति ७० वर्षीय राम दुलार साहलाई अज्ञात समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ल...
विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा
निर्वाचनमा परिचालित हुन रणनीति बनाउँदै सशस्त्र प्रहरी
काठमाडौँ । सशस्त्र प्रहरीले निर्वाचन सुरक्षाका लागि हेडक्वार्टरदेखि गुल्मसम्म रणनीति बनाएर परिचालन हुने जनाएको छ । सशस्त्र प्रहरी बल प्रधानकार्यालयमा केन्द्रीय कमाण्ड स्थापना गर्दै गुल्मसम्म समन्वय गरेर परिचालन हुने जनाएको हो । सशस्त्र प्रहरी बलले...
काठमाडौंमा भारतीय नागरिकले भारतीयलाई नै बन्धक बनाएर मागे फिरौती
काठमाडौँ । एक भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएर फिरौती अशुल्न खोज्ने दुईजना पक्राउ परेका छन् । अस्ट्रेलिया पठाउने बहानामा ती युवकलाई काठमाडौं बोलाएर बन्धक बनाई २० लाख भारु ३२ लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरील...



